न्युडायमन्ड र एपीएफको विजयी सुरुआत

न्युडायमन्ड र एपीएफको विजयी सुरुआत

काठमाडौः न्युडायमन्ड स्कुल र एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेका छन् । मंगलबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै न्युडायमन्डले विजयी सुरुवात गरेको हो । यस्तै एपीएफले काभ्रे जिल्ला भलिबल संघलाई पराजित गर्यो ।

न्युडायमन्डले आर्मीलाई २५-११, २५-१४, २५-१६ को सोझो सेटमा पराजित गर्दा एपीएफले पनि काभ्रेलाई २५-५, २५-८, २५-३ को सोझो सेटमै पराजित गरेको हो । पुरुषतर्फको खेलमा रूपन्देहीको मणिमुकुन्द भलिबल क्लब र ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेका छन् ।

राखेप कभर्डहलमै भएको खेलमा मणिमुकुन्दले काभ्रे भलिबल संघमाथि २५-१२, २५-१७, २५-१८ को जित निकाल्यो । यस्तै ढोरपाटनले बूढानीलकण्ठ भलिबल संघलाई १६-२५, २५-२३, २५-१४, २७-२५ ले पराजित गर्दै विजयी सुरुवात गर्यो ।

लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको पुरुष र महिलातर्फका विजेताले समान एक लाख ५० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै उपविजेताले ७० हजार पाउने छन् । दुवै विधाका सर्वोकृष्ट खेलाडीले समान १५/१५ हजार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फका उत्कृष्ट स्पाइकर, ब्लकर, लिफ्टर, लिब्रो र सर्भरले पनि जनही पाँचपाँच हजार पाउने आयोजक भलिबल संघले जनाएको छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले उद्घाटन गरेका थिए ।

भलिबल संघ विस्तार

पूर्व राष्ट्रिय खेलाडी रञ्जन खड्कालाई नेपाल भलिबल संघको उपाध्यक्षमा मनोनीत गरिएको छ । यस्तै पूर्व राष्ट्रिय खेलाडी भरतबहादुर शाह, टेककुमार राजभण्डारी, रोशन श्रेष्ठ, विक्रम बोगटी, झकबहादुर मि श्र र जितेन्द्र श्रेष्ठ सदस्यमा मनोनीत भएका छन् ।

त्यसैगरी पूर्व अध्यक्ष गंगाबहादुर थापासहित रमेशमान मल्ल र रामचन्द्र भण्डारी संघको सल्लाहकारमा मनोनीत भएका छन् । मनोनीत सल्लाहकार तथा पदाधिकारीलाई भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले मंगलबार शपथग्रहण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.