गुहाटीमा नेपाली विद्यार्थीले राष्ट्र सम्झिए

गुहाटीमा नेपाली विद्यार्थीले राष्ट्र सम्झिए

गुहाटी भारतः भारतको उत्तरपूर्वी राज्य आसामको राजधानी गुहाटीमा अध्ययनरत नेपाली विद्यार्थीले देश र माटो सम्झिएका छन् । डाउन टाउन युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीले नेपाली संस्कृतिको महत्वलाई विदेशमा गएर फैलाउने र त्यहाँका स्थानीयलाई बुझाउने प्रयास गरेका छन् ।

उच्च शिक्षा अध्ययन गर्न गुहाटीमा नेपालका विभिन्न स्थानबाट ठूलो संख्यामा विद्यार्थी पुग्ने गरेका छन् । त्यहाँ गठन भएको नेपलिज स्टुडेन्ट युनियनले नेपाली विद्यार्थीको सम्मानमा कार्यक्रम गरी नेपालीपनको झल्को विदेशमा पनि दिएको हो ।

डाउन टाउन युनिभर्सिटीमा पढ्ने विद्यार्थीले गरेको कार्यक्रममा नेपालबाट गएका अतिथि र अभिभावक पनि सहभागी थिए । नेपाली भाषाको गीत, नृत्य र सांस्कृतिक कार्यक्रमबीच एसोसिएसनले भव्य कार्यक्रम आयोजना गरेको छ ।

नेपाली पोसाक दौरा सुरुवालमा स्टेजमा आएका विराटनगरका विद्यार्थी आदिल्य रेग्मीले देशप्रेमले भरिएको गीत सुनाए । उनले भने, ‘भारत गएर पनि नेपालीपनको महत्व झन् बढेको छ । हामी देशको शिर उँचो बनाउन पढ्नका लागि यहाँ आएका हौं, पढाइ सकेर स्वदेशमै गई सेवा गर्नेछौं ।’

विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी नेपाली संस्कृति र संस्कारको झल्को दिँदै विद्यार्थीले युनिभर्सिटीमा पढ्ने अन्य देशका विद्यार्थीलाई पनि आफ्नो संस्कृति र संस्कारबारे बुझाउने प्रयास गरेका थिए । नेपलिज स्टुडेन्ट एसोसिएसनका अध्यक्ष विशाल गुरुङले भने, ‘हामी देशबाहिर भए पनि स्वदेशलाई चिनाउन प्रयासरत छौं ।’

कार्यक्रममा सहभागी हुन अभिभावकसहित गुहाटी पुगेका युनिभर्सिटीका नेपाल संयोजक शंकर भट्टराईले नेपाली विद्यार्थीको पढाइको स्तर निकै अब्बल रहेको बताए । उनले भने, ‘खासगरी प्राविधिक शिक्षा लिन भारत पुग्ने नेपाली विद्यार्थीले त्यहाँ गएर अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सफल भएका छन् ।’ स्वास्थ्य, इन्जिनियरिङ, पर्यटन, होटेल व्यवस्थापनजस्ता विषय पढ्ने नेपाली विद्यार्थीले निकै राम्रो सफलता हात पारेको भट्टराईले बताए ।

नेपाली सांस्कृतिक कार्यक्रम नेपाली राष्ट्रिय गानबाट आरम्भ गरी मिस्टर एन्ड मिस फ्रेसर आयोजना गरी सम्पन्न भएको थियो । स्वाती सिंह मिस फ्रेसर र दर्पण ढुंगेल मिस्टर फ्रेसर भएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपालबाट गएका अभिभावक नरेन्द्र कार्कीले गुहाटीमा प्राविधिक शिक्षाका लागि नेपाली विद्यार्थीलाई निकै सुविधा दिइएको बताए ।

कार्यक्रममा मनीषा कार्की, निसासेन गौतम र सुनैना कार्कीले गुन्युचोली लगाएर लोकभाकाको गीतमा नृत्य गरेका थिए । सिर्जना महतो, रसुला भट्टराई, शंकर साहलगायतले पनि नेपाली गीतमा नृत्य देखएका थिए । कार्यक्रममा सहभागी सिक्किम विद्यार्थी एसोसिएसनका भाइस प्रेसिडेन्ट थुक्तेन भुटियाले नेपाली विद्यार्थीलाई आफूहरूको सँधै सहयोग रहने बताए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.