जग्गाको विवादमा भाइबुहारीलाई छुरी हानी हत्या

जग्गाको विवादमा भाइबुहारीलाई छुरी हानी हत्या

वीरगन्जः पर्साको बसडिल्वामा भाइसँग भएको जग्गा विवादका क्रममा जेठाजुले छुरा प्रहार गरी भाइबुहारीको हत्या गरेका छन् ।

बसडिल्वा गाविस वडा नम्बर ६ का ५१ वर्षका प्रभु महत्तोले छुरा प्रहार गरी आफनै भाइ रुदल महत्तोकी श्रीमति ४० वर्षकी चुनीया देवी भन्ने मुनिया देवीको हत्या गरेका हुन् ।

गत भदौ ९ गते भाइ रुदलसँग जग्गाको विषयमा भएको झगडाका क्रममा आवेशमा आएर प्रभुले भाइ बुहारी मुनिया देवीको पेटमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भिर घाइते भएकी मुनिया देवीलाई उपचारका नेशनल मेकिडल कलेज वीरगन्जमा भर्ना गरिएको थियो । घाइते मुनिया देवीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारमा संलग्न चिकित्सकले उनलाइ सोमबार डिस्चार्ज गरेका थिए ।

चिकित्सकले डिस्चार्ज गरेपछि घर पुराइएकी मुनिया देवीको सोमबार नै साँझ मृत्यु भएको थियो । त्यसपछि उनका घरपविारका सदस्य र आफन्तले पोष्टमार्टम नै नगरी मृतक मुनिया देवीको शव गाँउकै शम्शान घाटमा लगेर जलाइदिएका थिए ।

तर प्रहरीले मुनिया देवीको मृत्यु र दाहसंस्कार गरिएको खबर मङगलवार मात्र थाहा पाएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

खबर पाए लगत्तै मुनिया देवीलाइ छुरा प्रहार गर्ने जेठाजु प्रभुलाइ पक्राउ गरिएको उनले बताए । प्रभुलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

भदौ ९ गते मुनिया देवीलाइ उनका जेठाजु प्रभुले छुरा प्रहार गरेर घाइते बनाएपछि उनका श्रीमान रुदलले त्यही दिन जिल्ला प्रहरी कार्यालय पर्सामा ठाडो उजुरी मात्र दिएका थिए । प्रहरीले घाइतेको अवस्था देखेर कर्तब्य ज्यान मार्ने उद्योगमा उजुरी दिन पटक पटक आग्रह गरेपनि मुनिया देवीका श्रीमान् रुदलले नमानेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

'हामीले त्यति बेला नै ज्यान मार्ने उद्योगमा मुद्दा देउ भनेर पटक भन्दा पनि मानेन्'–प्रहरी उपरिक्षक श्रेष्ठले भने 'घाइतेको उपचार गर्ने आपसी सहमति दाजुभाइले गरेर गएका थिए, अहिले मृत्यु भइसक्दा पनि पीडित पक्षले ज्यान मार्ने उद्योगमा उजुरी दिन मानेको छैन ।'

पीडित पक्षले उजुरी दिन नमाने पनि पक्राउ परेका प्रभु विरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको श्रेष्ठले बताए ।

प्रहरीलाइ खबर नगरी पोष्टमार्टम बिना नै शवको दाहसंस्कार गर्ने कार्यमा संलग्नहरुलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.