भारतसँगको सम्बन्ध सुदृढ बनाउ प्रचण्डलाई माओवादीको सुझाव

भारतसँगको सम्बन्ध सुदृढ बनाउ प्रचण्डलाई माओवादीको सुझाव

काठमाडौंः नेकपा माओवादी केन्द्रले भारत भ्रमणका क्रममा देश र जनताको हितका पक्षमा मात्रै सहमति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलयको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो भारत भ्रमणको कार्यतालिका र कार्यसूचिका विषयमा जानकारी गराएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा पार्टीका नेताले प्रधानमन्त्रीलाई भारत भ्रमणको सफलताको लागि शुभकामना दिँदै दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपालको राष्ट्रिय हित हुने गरी कार्यसूची तय गर्न सुझाव दिएको प्रवक्ता भुसालले बताइन् ।

प्रधानमन्त्रीले यो भ्रमण मुख्य त सद्भाव भ्रमण भएको प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्नेमा आफू केन्द्रित हुने जानकारी गराएका थिए ।

भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणका लागि भारतीय सहयोग, हुलाकी राजमार्ग निर्माण, विद्युत् व्यापार सम्झौताको कार्यान्वयनलगायत विषयलाई आफूले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराएको प्रवक्ता भुसालले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.