झापामा ११ स्थानीय तह हुने

झापामा ११ स्थानीय तह हुने

विर्तामोडः राप्रपा नेपाल बाहेकका राजनीतिक दलले झापामा ११ वटा स्थानीय तह बनाउन सहमति गरेका छन् । झापाका राजनीतिक दलले जिल्लामा एउटा उप महानगरपालिका, ७ नगरपालिका र ३ वटा गाउँपालिका बनाउने सहमति गरेका हुन् ।

स्थानीय तहको पुनरसंरचनाका लागि दलले अहिलेको मेचीनगर नगरपालिकामा बाहुनडाँगी, ज्यामिरगढी, धाइजन, दुहागढी र शान्तिनगर गाविसलाई मिसाएर मेची उपमहानगरपालिका बनाउने सहमति गरेका छन् ।

बिर्तामोडमा गरामनीलाई मिसाएर वीरता नगरपालिका, भद्रपुरमा पृथ्वीनगर, जलथल र हल्दिबारीलाई मिसाएर भद्रपुर नगरपालिका, शनिअर्जुन नगरपालिकामा बुधबारे र खुदुनाबारी गाविसलाई मिसाएर अर्जुनधारा नगरपालिका बनाउने सहमति भएको छ ।

दमकमा लखनपुरलाई मिसाएर दमक नगरपालिका, गौरादहमा खजुरगाछी र गौरीगञ्जलाई मिसाएर गौरादह नगरपालिका, शिवसताक्षीमा धरमपुर र पाँचगाछीलाई मिसाएर शिवसताक्षी नगरपालिका र कन्काईमा शरणामति, टाँघनडुब्बा र कुमरखोदलाई मिसाएर कन्काई नगरपालिका बनाउने सहमति भएको छ ।

डाँगीबारी, चकचकी, गोलधाप र राजगढलाई मिलाएर बाह्रदशी गाउँपालिका, घेराबारी, पथरिया, बालुबारी, केचना, पाठामारी र बनियानीलाई मिलाएर कचनकवल गाउँपालिका तथा तोपगाछी, बैगुनधुरा, महाभारा र कोरोबारीलाई मिलाएर कमल गाउँपालिका बनाइने भएको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरुले सहमति गरेको त्यस प्रस्तावित संरचनामा राप्रपा नेपाल भने असहमत देखिएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगले १० वटा स्थानीय तह निर्धारण गर्न भनेकोमा त्यसलाई बढाइएको भन्दै आफ्नो पार्टीले असहमति जनाएको राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बर बिष्टले बताए । दमकलाई चलाउन नहुने, बिर्तामोडमा गोलधाप, गरामनी र हल्दिबारीलाई गाभेर उपमहानगरपालिका बनाइनुपर्ने, स्थानीय तहको नाम परिवर्तन गर्न नहुने जस्ता माग राख्दै असहमति जनाएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.