यस्तो छ प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रचण्डको भारत भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने राजकीय भ्रमणका लागि बिहीबार दिल्ली जाँदैछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्रीसँग उनकी श्रीमती सीता दाहाल सहभागी हुनेछिन् । प्रधानमन्त्री प्रचण्डलाई राजकीय पाहुनाको रुपमा राष्ट्रपति भवनमा राखिने भएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुने छन्। केही सांसद, बिभिन्न मन्त्रालयका पदाधिकारी, संचारकर्मीलाई पनि भ्रमणमा सहभागी गराइने छ।

भ्रमणको कार्यतालिकाअनुसार भदौ ३० गते प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने छन्। त्यही दिन उनले भारतका बिभिन्न दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

भदौ ३१ प्रचण्डको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रम आयोजना गरिएको छ। त्यसैदिन उनी माहात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने तालिका छ।

भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग र भारतीय समकक्षी नरेन्द्र मोदीसँग अलगअलग भेटवार्ता गर्नेछन् । सोही दीन केही भारतीय मन्त्रीहरुले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन् । असोज १ गते प्रधानमन्त्री दाहालले हिमाञ्जल प्रदेश स्थित जलविद्युत परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन उनले पतञ्जली योगपिठको पनि अवलोकन गर्ने कार्यक्रम पनि मिलाइएको छ। प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

प्रचण्डको भ्रमणमा छवटा विकास आयोजनामा समझदारी गर्ने तयारी भएको छ।भारतसँग सम्वन्ध सुधारका साथै हुलाकी सडक, तल्लो अरुण जलविद्युत आयोजना, पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने, उर्जा व्यापार सम्झौताको कार्यान्वयन, भुकम्पपछिको पुर्ननिर्माणको प्रथमिकता तय र अहिलेसम्म भएका सहमतिलाई तत्काल कार्यावन्यनमा ल्याउने विषयमा भ्रमण केन्द्रित रहने बताइएको छ।

भ्रमणको क्रममा हुलाकी मार्गको पहिलो चरणको निर्माणको कामको शीघ्र थालनी, दोस्रो चरणको निर्माणका बारेमा छलफल, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर आयोजनाको अध्ययन प्रतिवेदनको कार्यान्वयलगायतका बारेमा छलफल हुनेछ।

वीरगन्जमा रहेको चेकपोस्टलाई कार्यान्वयन गर्दै भैरहवा र विराटनगरलगायतका स्थानमा एकीकृत चेकपोष्टको शीघ्र निर्माण पूरा गर्ने तथा सहुलियत प्राप्त गर्ने विषयमा पनि प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुराकानी हुनेछ। नेपालको व्यापारघाटा कम गर्न, सीमापार रेल सेवा विस्तार छिटो सम्पन्न गर्ने विषयमा समेत छलफल हुने जानकारी प्रधानमन्त्रीले दिएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएको डुबान समस्या समाधान गर्न गहनरुपमा छलफल गरिने तथा विशाखापटनम नाका प्रयोगका सम्बन्धमा विगतमा भएको सहमतिलाई समयानुकुल बनाउन संशोधनसम्बन्धी सहमतिपत्र आदानप्रदान गरिनेछ ।

सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रको शीर झुकाउने कुनै सम्झौता नगर्न सुझाव दिंदै असमान सन्धि, भारतबाट आएको सीमा हस्तक्षेपका सवालबारे प्रधानमन्त्री दाहाललाई आप्mना समकक्षीसँग स्पष्ट ढङ्गबाट कुरा राख्न सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.