मर्मत गरेको एक सातामै भत्कियो सडक  

मर्मत गरेको एक सातामै भत्कियो सडक  

चन्द्रपुरः पूर्वपश्चिम राजमार्ग अन्र्तगत बागमतीदेखि चन्द्रनिगाहपुरसम्मको सडक मर्मत गरेको सडक एक साता नहुँदै भत्किएको छ । अहिले सडकमा ठूला खाल्टा परेका छन् ।

रौतहटको चन्द्रनिगाहपुरस्थित मुख्यबजार क्षेत्रका सडकमा ठूला खाल्टा भएका कारण मोटरसाइकल, स्कुटर ,ई–रिक्सा दुर्घटना हुने गरेका छन् । खाल्टा भएको कारण यातायात आवागमनमा समस्या हुने गरेको छ ।

एक साताअघि मात्रै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले भत्किएका स्थानहरूमा सडकको मर्मत गरेको थियो । चन्द्रनिगापपुरको मुख्य चोकदेखि बागमतीसम्म ५० भन्दा बढी स्थानका खाल्टोमा कालोपत्रे गरिएकामा फेरि भत्किएर पहिलेकै अवस्थामा पुगेको छ । सडक डिभिजन कार्यालयले लाखौं रुपैयाँ सडक मर्मतका लागि खर्चगर्दै आए पनि गुणस्तरीय काम नभएकाले एक सातामा नै सडक भत्किएको हो ।

मुख्य बजार क्षेत्रमा नै खाल्टा भएकाले दुर्घटनाको खतरा बढेको चन्द्रनिगाहपुरका युवा व्यवसायी फिरोज श्रेष्ठले बताएका छन् । चन्द्रनिगाहपुरस्थित डिभिजन सडक कार्यालयलाई मर्मतका लागि धेरै पटक आग्रह गरेपछि गरेको मर्मत एक साता पनि नटिकेपछि चन्द्रनिगाहपुरका स्थानीय व्यापारी र पैदलयात्रुले आक्रोश पोखेका छन् ।
सडकमा खाल्टा भएकाले सवारी दुर्घटनाको जोखिम बढेकोले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

दैनिक तीन हजार भन्दाबढी सवारीसाधन आवजजावत गर्ने देशको मुख्य राजमार्ग मर्मतको काम गुणस्तरीय नभएको नेकपा एमालेका क्षेत्रीय अध्यक्ष बाबुराम दाहालको भनाइ छ ।

चालकले सडकको खाल्टो छल्न खोज्दा सवारीसाधनले पैदल यात्रुलाई ठक्कर दिने खतरा बढेको छ । सडक कार्यालय र नगरपालिकाले पैदालयात्रुका लागि बनाइएको फुटपाथ व्यवस्थित गर्न नसकेका कारण पैदलयात्री असुरक्षित हुने गरेका छन् ।
इन्फो
रौतहटको चन्द्रनिगाहपुरस्थित मुख्यबजार क्षेत्रका सडकमा ठूला खाल्टा भएका कारण मोटरसाइकल, स्कुटर ,ई–रिक्सा दुर्घटना हुने गरेका छन् ।
अन्नपूर्ण
एक साताअघि मर्मत गरिएको पूर्वपश्चिम राजमार्गको दुरावस्था ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.