अख्तियारले थाल्यो छानबिन

अख्तियारले थाल्यो छानबिन

धरानः धरानको सर्दुखोला किनारमा रहेको १९ कठ्ठा सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा नामसारी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय सुनसरीले छुट्टाछुट्टै छानबिन थालेको छ ।

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी भएको विषयमा अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको ध्यानाकर्षण भएको भन्दै यस विषयमा छानबिन सुरु गरिएको अख्तियार क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले बताए ।

उनले उक्त जग्गा व्यक्तिको नाममा पारिएको विषयका जिल्ला मालपोत कार्यालय सुनसरी र मालपोत कार्यालय धरानसँग लिखित जवाफ माग्दै आवश्यक कागजपत्र अख्तियारमा बुझाउन निर्देशन गरिएको जानकारी दिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापगार्इंले पनि सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको विषयमा जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको बताए ।

उनले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नुको कारणसहित सबै कागजपत्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन मालपोत कार्यालय सुनसरी र धरानलाई लिखित निर्देशन दिएको बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन धरान १७ का एकबहादुर भण्डारी, सुमन श्रेष्ठ, वीरेन्द्र खड्का, शैलेन्द्र श्रेष्ठ, टेकबहादुर प्रधान, राजेन्द्र श्रेष्ठ र लक्ष्मी शाक्य र मालपोत र नापी कर्मचारीबीच ठूलो आर्थिक चलखेल गरेको मालपोत स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.