लामाबारे ताइवानलाई चिनियाँ चेतावनी

लामाबारे ताइवानलाई चिनियाँ चेतावनी

बेइजिङः चीनले आध्यात्मिक नेता दलाई लामालाई प्रवेश अनुमति दिएको भन्दै बुधबार ताइवानलाई आफूसँगको सम्बन्धमा असर पर्ने चेतावनी दिएको छ । ताइवानका एक सांसदले तिब्बतका निर्वासित आध्यात्मिक नेतालाई ताइवानमा बुधबार आमन्त्रण गरेपछि चीनले यस्तो चेतावनी दिएको हो ।

चीनले ताइवान आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । ताइवानकी वर्तमान राष्ट्रपति साइ इङ वेनले दलाई लामालाई ताइवान भ्रमण गर्ने अनुमति दिएको भन्दै चीन आक्रोशित भएको हो । दलाई लामाले स्वतन्त्र तिब्बतको माग गर्ने समर्थन गर्ने गरेको चीनको बुझाइ छ ।

ताइवान मामिला हेर्ने चिनियाँ अधिकारी मा सिआओगुआङले सञ्चारकर्मीलाई भने, ‘ताइवानमा दलाई लामाले स्वतन्त्र तिब्बतको माग गर्नेलाई भेटघाट गरी समर्थन गर्न क्छिन् । यस्तो अवस्थामा दलाई लामालाई ताइवानले आमन्त्रण गरेर गल्ती गरेको चिनियाँ भनाइ छ । माले भने, ‘यसबाट ताइवान र चीनबीचको सम्बन्ध प्रभावित हुनसक्छ ।

दलाई लामाबाट ताइवानमा हुन थालेको भ्रमणको हामी विरोध गर्छौं ।’ चीनले आध्यात्मिक नेता दलाई लामाले गर्ने गरेका भ्रमणको विरोध गर्दै आएको छ । उनले स्वतन्त्र तिब्बत पक्षधरलाई सहयोग पुर्‍याउने गरेको चीनको दाबी छ ।

दलाई लामालाई ताइवानका चर्चित गायक एवं चीनविरोधी छवि बनाएका फ्रेडी लिमले आमन्त्रण गरेका हुन् । लिम अघिल्लो निर्वाचनमा ताइवानी संसदका सदस्य बनेका हुन् । गत साता सांसद लिमले भारतको धर्मशालामा दलाई लामालाई भेटेका थिए ।

ताइवान र चीनबीचको सम्बन्धमा उतारचढाव आएको छ । गत वर्ष ताइवानमा नयाँ राष्ट्रपति विजयी भएपछि यस्तो तिक्तता झनै बढेको छ । गत वर्ष पूर्वराष्ट्रपति मा यिङ जियोउको सरकारले चीनसँगको सम्बन्धलाई निकै महत्व दिएको थियो ।

पूर्वराष्ट्रपति माले चीनसँगको सम्बन्ध सुधारका लागि सिंगापुरमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए । दुई राष्ट्रपतिबीच वार्ता हुँदा दुवै देशका झण्डा राखिएका थिएनन् । उनी सत्ताबाट हटेपछि चीन-ताइवान सम्बन्धमा कटुता आएको छ । सन् १९८९ मा शान्ति पुरस्कारबाट सम्मानित दलाई लामा कम्युनिस्ट शासनको हस्तक्षेपपछि भारत निर्वासनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.