पाकिस्तानविरुद्  राष्ट्रसंघमा बलुचको प्रदर्शन

पाकिस्तानविरुद्  राष्ट्रसंघमा बलुचको प्रदर्शन

न्युयोर्कः पकिस्तानको बलुचिस्तानका नागरिकको एक समूहले संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर पाकिस्तानका विरोधमा प्रदर्शन गरेका छन् । बलुचिस्तानमा अत्याचार गरेको भन्दै त्यसको विरोधमा नारा लगाएका हुन् ।

बलुच कार्यकर्ताले पाकिस्तानबाट स्वतन्त्र हुन पाउनुपर्ने भन्दै नारा लगाएका छन् । उक्त विरोध प्रदर्शन फ्री बलुचिस्तान मुभमेन्ट (एफबिएम)ले आयोजना गरेको थियो । राष्ट्रसंघको मुख्यालय बाहिर सडकमा उनीहरूले प्रदर्शन गरे ।

राष्ट्रसंघको एकहत्तरौं महासभाको सुरु पारेर यस्तो प्रदर्शन गरिएको हो । बलुच विद्रोहीले संयुक्त राज्य अमेरिका र बलुचिस्तानका झण्डा पहराउँदै विरोध गरेका थिए । उनीहरूले ‘बलुचिस्तानमा मानवअधिकार उल्लंघन बँद गर’, ‘बलुचिस्तानमा बम आक्रमण बन्द गर’, ‘बलुचिस्तान पाकिस्तान होइन’ लेखिएका ब्यानर बोकेका थिए । उनीहरूले रगतले लतपतिएका खेलौना प्रदर्शन गरेका थिए ।

त्यहाँ रहेका रगतले लतपतिएका खेलौना बलुच बालबालिका भएको उनीहरूको भनाइ थियो । बलुच बालबालिकाको भविष्यमा रक्तपात भइरहेको भन्दै ‘बलुच बालबालिकालाई बचाऊ’ लेखिएको थियो ।

केही प्रदर्शनकारीले सेतो टिसर्टमा कालो रंगले ‘बलुचिस्तानमा मानवअधिकार उल्लंघन’ जस्ता नारा लेखेका थिए । उनीहरूले ‘स्वतन्त्र बलुचिस्तान’, ‘बलुच जनताको नरसंहार बन्द गर’, ‘राष्ट्रसंघ पाकिस्तानलाई आर्थिक सहयोग बन्द गर’ भन्दै उत्तेजक नारा लगाएका थिए ।

उनीहरूले पाकिस्तानी सुरक्षाकर्मीले ५ हजार बलुचको हत्या गरेको र २० हजारलाई बेपत्ता बनाएको आरोप लगाएका थिए । एफबिएमले बलुच जनतामाथि भएको अत्याचारलाई अन्तर्राष्ट्रियकरण गरेको र स्वतन्त्रता संघर्षका बारेमा जानकारी दिन यस्तो विरोध गर्नुपरेको उनीहरूको भनाइ छ ।

आफूहरूमाथि पाकिस्तानले गरेको निर्मम दमनको राष्ट्रसंघले संज्ञान लिनुपर्ने माग गरे । पाकिस्तानले सन् १९४८ मा बलुचिस्तानमा कब्जा गरेको उनीहरूको भनाइ छ । त्यतिखेरदेखि नै बलुचिस्तानमा मानवअधिकार उल्लंघन भइरहेको उनीहरूले दाबी गरे । पाकिस्तान सरकारले निर्दोष बलुचको हत्या गरेर जीवन नारकीय बनाएको उनीहरूले बताए ।

उनीहरूले राष्ट्रसंघको महासभालाई लक्षित गरेर यस्ता विरोधलाई तीव्रता दिएका छन् । एक सातापछि विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुख महासभामा सहभागी हुँदै छन् । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सेप्टेम्बर २१ तारिखमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

संयुक्त राज्य अमेरिकाले भने बलुच स्वतन्त्रतालाई समर्थन नगर्ने मंगलबार स्पष्ट पारेको छ । आफू जहिले पनि अखण्ड पाकिस्तानको पक्षमा रहेको उसको भनाइ छ । पाकिस्तानको एकता, क्षेत्रीय अखण्डताको सदैव सम्मान गर्ने अमेरिकी भनाइ छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले अमेरिकाले पाकिस्तानको बलुचमा स्वतन्त्रताको माग गर्नेहरूलाई सहयोग नगर्ने स्पष्ट पारेका छन् । बलुच प्रान्तमा बेग्लै राज्यको माग गरी भइरहेका प्रदर्शनका बारेमा अमेरिकी धारणाका बारेमा सञ्चारकर्मीले उनलाई प्रश्न गरेका थिए ।

बम आक्रमणमा २ को मृत्यु

पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सडक किनारमा राखिएको बम विस्फोट हुँदा २ जना प्रहरीको मृत्यु भएको छ । यसैगरी सिन्ध प्रान्तमा इद–उल–अजहाको बेला नमाज पाठ गर्न जम्मा भएका अल्पसंख्यक सियालाई लक्षित गरी गराइएको विस्फोटमा २३ जना गमभीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त विस्फोटको कसैले जिम्मा लिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.