विदेशमा राष्ट्र बैंकको १० खर्ब ३६ अर्ब लगानी
काठमाडौः नेपाल राष्ट्र बैंकले विभिन्न देशको सरकारी बन्ड, आवधिक निक्षेप, ट्रेजरी बिल्स र सुनमा गरी १० खर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । नेपालमा विभिन्न क्षेत्र (पर्यटन, व्यापार, विदेशी लगानी, रेमिटेन्स) बाट भित्रिएर सञ्चित हुन आएको रकम राष्ट्र बैंकले विभिन्न देशमा लगानी गरेको हो ।
राष्ट्र बैंकले सञ्चित भएको विदेशी मुद्रा अमेरिका, चीन, भारत, क्यानडा, बेलायतलगायत देशमा लगानी गरेको छ । विनियम सञ्चितिबाट हुने आम्दानी राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोत हो ।
राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले लगानी गरिएको रकममध्ये ६० प्रतिशत नेपाललाई आवश्यक पर्दा तत्कालै फिर्ता पाउन सकिने बताए । बाँकी ४० प्रतिशत रकम पनि तीन महिनादेखि ६ महिनाभित्र फिर्ता पाउन सकिने गरी लगानी गरिएको हो । राष्ट्र बैंकले विदेशमा गरेको लगानीबाट औसतमा अडाइ प्रतिशत ब्याज पाउने गरेको छ ।
राष्ट्र बैंकले आफूसँग सञ्चित हुन आएको रकम विभिन्न विदेशी मुद्रा र सुनमा लगानी गरी गएको वर्ष १९ अर्ब ६२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकसँग भएको विदेशी मुद्रालाई अन्य देशमा लगानी गर्न पाउने व्यवस्था छ ।
राष्ट्र बैंकले आफूसँग सञ्चित हुन आएको रकम विभिन्न विदेशी मुद्रा र सुनमा लगानी गरी गएको वर्षमा १९ अर्ब ६२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
गत वर्षसम्म भएको कुल लगानीमध्ये ५८.५ प्रतिशत अमेरिकी डलरमा। र २३.३ प्रतिशत भारतीय मुद्रामा लगानी गरिएको छ । कुल लगानीमध्ये ८.८ प्रतिशत रकम चीनमा लगानी गरिएको छ । बाँकी लगानी विभिन्न परिवत्य मुद्रामा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
चिनियाँ सरकारी ऋणपत्रमा गरिएको लगानीमा ३.६५ प्रतिशत तथा अस्ट्रेलियन डलरबाट २.२९ प्रतिशत ब्याज आउने गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो ब्याज लगानी गरिएका देशबाट त्रैमासिक रूपमा नेपालले पाउने गर्दछ ।
ढुंगानाका अनुसार हाल नेपाल राष्ट्र बैंकमा आठ हजार दुई सय ५२ मिलियन अमेरिकी डलर सञ्चित छ । सन् २००७ मा यस्तो सञ्चिति दुई हजार सात मिलियन डलर, १९८० मा एक सय ६ मिलियन डलर सञ्चिति थियो ।
सन् १९६० मा जम्मा नेपालमा १८ मिलियन डलर सञ्चिति रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । नेपालले पहिलो पटक विदेशी मुद्रामा ५० वर्षअघि जापानमा खाता खोलेको थियो । इन्फोराष्ट्र बैंकले आफूसँग सञ्चित हुन आएको रकम विभिन्न विदेशी मुद्रा र सुनमा लगानी गरी गएको वर्ष १९ अर्ब ६२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।