विमलेन्द्र निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

विमलेन्द्र निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौंः उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेपछि उपप्रधानमन्त्री निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य कार्यबाहक प्रधानमन्त्री निधिले सम्हाल्नेछन्। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणपछि आउँदो असोज २ गते स्वदेश फर्किने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.