तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

फलेवास: धौलागिरि अञ्चलका धेरै ठाउँमा तीन दिनदेखि विद्युत् सेवा ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ।

मङ्गलबार रातिदेखि बागलुङको पैयुँपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले विद्युत् सेवा ठप्प हुँदा उद्योग, कलकारखानालगायत दैनिक कामकाज प्रभावित भएका छन्।

केन्द्रीय लाइनमार्फत वितरण गरिने मुख्य लाइन रहेको आठवटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ।

विद्युत् ठप्प भएको ठाउँमा सयपत्री हाइड्रो पावरको विद्युत् वितरण गर्न खोजिए पनि लोड धेरै भएकाले सफल हुन नसकेको हो। पर्वतको पाङ र बागलुङको गल्कोटबाहेक अरु ठाउँबाट वितरण हुने विद्युत् ठप्प भएको बागलुङ वितरण केन्द्रका सूचना अधिकारी सर्वजित केसीले जानकारी दिए। 

विद्युत् आपूर्ति सञ्चालनका लागि बुधबार सहस्रधारामा छवटा पोल गाडिएको छ भने बिहीबार कालाखोलामा दुईवटा पोल गाडिनेछ। मर्मत कार्य सकिएमा शुक्रबार साँझसम्म विद्युत् आपूर्ति हुने वितरण केन्द्रले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.