‘बाल्यकालको क्लबविरुद्ध गोल गर्दा किन रोनाल्डोले सेलिब्रेशन गर्दैनन्’

‘बाल्यकालको क्लबविरुद्ध गोल गर्दा किन रोनाल्डोले सेलिब्रेशन गर्दैनन्’

काठमाडौंः  प्रायः खेलमा गोल गर्दा सधैं उत्तेजित हुँदै सेलिब्रेशन गर्छन् रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो। तर, रोनाल्डोले गोल गर्दा हिजो भने फरक दृश्य देखियो।

रोनाल्डोले हिजो खेलेको खेलमा गोल त गरे तर सेलिब्रेशन भने गरेनन्। तर, किन रोनाल्डोले गोलको सेलिब्रेशन गरेनन् होला त? गएराति भएको च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्वनविरुद्ध खेलको अन्तिम तिर फ्रिकिकमार्फत आकर्षक गोल गर्दै रियल मड्रिडलाई हारबाट जोगाएका थिए।

तर, रोनाल्डोले गोल गर्दा सेलिब्रेशन गरेनन् किन होला? उनले अघिल्ला खेलमा गोल गर्दा सेलिब्रेशन गर्ने तरिकालाई किन अपनाएनन् होला? सामान्य हातमात्रै माथि उठाएर फ्यानलाई खुसी बनाए। तर रोनाल्डोले सेलिब्रेशन नगरेको विषय भने चासोको विषय बनेको छ।

रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट सन् २००९ मा रियल मड्रिड आउन अघि पोर्चुगलमा फुटबल खेलेको क्लब हो स्पोर्टिङ लिस्वन क्लब। स्पोर्टिङ लिस्वनविरुद्ध अहिलेसम्म खेलेका सबै खेलमा गोल गरेका छन् रोनाल्डोले। तर कुनै पनि गोल गर्दा रोनाल्डोले अहिलेसम्म खुशीले हर्षित हुँदै आफ्नो शैलीमा गोलको सेलिब्रेशन गरेका छैनन्।

कारण रोनाल्डोले यही स्पोर्टिङ क्लबबाट फुटबल करियर सुरु गरेका थिए। आफूले बाल्यकालमा खेलेको र फुटबलको करियर सुरु गरेको क्लबविरुद्ध गोल गर्दा आफूले कहिल्यै पनि गोलको सेलिब्रेशन नगर्ने रोनाल्डोले बताएका छन्। रोनाल्डोले भनेका छन्,‘म अहिले जस्तो अवस्थामा छु। त्यो मलाई स्पोर्टिङ क्लबले नै बनाएको हो। सधै स्पोर्टिङ क्लब मेरो मुटुमा हुन्छ। त्यसैले आफ्नो पुरानो क्लबविरुद्ध गोल गर्दा मैले सेलिब्रेशन गर्न सक्दिँन।’

गएराति भएको खेलमा स्पोर्टिङले खेलको ४७ आैं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई हराउनै लाग्दा रोनाल्डोले खेलको ८९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसपछि इन्जुरी समयमा अल्भारो मोरोटाले गोल गरेपछि रियलमड्रिडले रोनाल्डोले बाल्यकालमा खेलेको क्लबलाई २–१ ले हराउन सफल भएको थियो।

‘मैले गोल गर्दा सेलिब्रेशन गर्न सक्दिँन। म अहिले जे छु मलाई यस्तो अवस्थामा ल्याउने टोली हो। त्यसैले उनीहरुलाई मैले जहिले पनि धेरै सम्मान गर्छु र सधै मेरो मुटुमा रहन्छन्,’रोनाल्डोले भनेका छन्। रोनाल्डोले आफ्नो बाल्यकालको क्लब स्पोर्टिङविरुद्ध अहिलेसम्म तीन गोल गरेका छन्। यसअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट खेल्दा सन् २००७ मा दुई गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.