तरुण दलको महाधिवेशन कार्त्तिक २७ मा हुने

तरुण दलको महाधिवेशन कार्त्तिक २७ मा हुने

काठमाडौंः नेपाल तरुण दलको चौथो महाधिवेशन कार्त्तिक २७ मा हुने भएको छ। निर्देशक समितिको बिहीबार बसेको बैठकले असोज ३ देखि ५ गतेसम्म पोखरामा गरिने भनिएको महाधिवेशनलार्इ सार्दै आउँदो कार्त्तिक २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो।

निर्देशक समितिका सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी असोज १५ गतेसम्म सबै जिल्लाका अधिवेशन सम्पन्न गर्न समेत तरुण दललाई निर्देशन दिएको बताए। असोज १५ सम्म पनि जिल्ला अधिवेशन हुन नसके निर्देशन समितिले हस्तक्षेप गरी कार्त्तिक १० गतेसम्म विवादित सबै जिल्लाको अधिवेशन गराउने निर्णय लिएको यादवले बताए।

तरुण दलको अहिलेसम्म ६२ जिल्ला अधिवेशनमात्रै सम्पन्न भएको छ। बाँकी १३ जिल्लाको अधिवेशन हुन अझै बाँकी छ। यसअघि पनि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भन्दै असोज ३ देखि ५ गतेसम्म पोखरामा चौथो महाधिवेशन गर्ने निर्णय भएको थियो।

तर, १३ जिल्लाको विवाद अझै नटुंगिएको र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवादकैबीच अधिवेशन गरिए बहिष्कार गर्दै समानान्तर समिति बनाउने चेतावनी दिएपछि महाधिवेशन कार्त्तिक २७ गते गर्ने निर्णय निर्देशक समितिले गरेको हो।

तरुण दलको महाधिवेशन गराउन तत्कालीन सभापति सुशील कोइरालाले उदय शम्शेर राणाको संयोजकत्वमा तदर्थ समिति गठन गरेपनि अधिवेशन हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.