फिफा बरियतामा नेपाल दुई स्थानमाथि उक्लियो
काठमाडौंः फिफा बरियतामा नेपाल दुई स्थानमाथि उक्लिएको छ। फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थानमाथि १८६ औं स्थानमा उक्लिएको हो।
नेपाल यसअघि १८८ औं स्थानमा थियो। यस्तै अफगानिस्तान १४९ औं स्थानमा रहँदा भारत चार स्थान सुधार गर्दै १४८ औं स्थानमा रहेको छ।
यस्तै माल्दिभ्स ९ स्थानमाथि उक्लिदै १६५ औं , बंगलादेश १८५ औं र भुटान १८९ औं स्थानमा छ। दक्षिण एशियामा सबैभन्दा पछाडि रहेको पाकिस्तान १९४ औं स्थानमा छ भने श्रीलंका १९३ औं स्थानमा रहेको छ।
विश्व बरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना यथावत छ। दोस्रो स्थानमा बेल्जियन र तेस्रो स्थानमा विश्वविजेता जर्मनी छ। कोलम्बिया चौथो र ब्राजिल पाँचौ स्थानमा छ। युरोकप फुटबलमा राम्रो प्रदर्शन गरेको वेल्स फिफा बरियतामा १० औ स्थानमा अटाएको छ।