महिला संघमा ५६ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता

महिला संघमा ५६ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं: नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

सङ्घको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ।

आज चार बजेदेखि बेलुकी आठ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ८ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको समिति संयोजक यदुनाथ खनालले जानकारी दिए।

दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनमा मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। महासचिवमा किरणकुमारी सरकार, गोमा केसी र धन खतिवडाको उम्मेदवारी परेको छ। त्यस्तै कोषाध्यक्षमा जानकीदेवी सिंह र कुसुमदेवी थापा प्रतिस्पर्धा गर्दै छन्।

महाधिवेशनमा दुई हजार १६५ प्रतिनिधिले भाग लिएका छन्। दश जना महाधिवेशन प्रतिनिधिले विभिन्न देशबाट प्रतिनिधित्व गरी भाग लिएका छन्।

‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा शुक्रबार बिहान ९ः३० बजेदेखि २ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। महाधिवेशनमा प्रान्तीय संरचनाअनुसार ५६ सदस्यका लागि निर्वाचन हुनेछ। विद्युतीय मतदान यन्त्रबाट मतदान हुने भएकाले शुक्रबार बेलुकी नै मत परिणाम सार्वजनिक हुने समितिले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.