चमक गुमाउँदै न्युरोड

चमक गुमाउँदै न्युरोड

काठमाडौंः चोभारमा जन्मिएका किशोर थापाले बाल्यकालमा ठमठम हिँड्दै सहर आएको बिर्सिएका छैनन् । उ बेला सहर भन्ने बित्तिकै न्युरोड र छेउछाउका असन, इन्द्रचोक सम्झिइन्थ्यो । थियो पनि त्यस्तै, काठमाडौंका अरु ठाउँमा गुजुमुज्ज बस्ती रहे पनि आवासीय वस्ती थिए । बजारचाहिँ न्युरोड नै थियो । ‘चोभारबाट न्युरोड आउँदा बाटोमा पर्ने कालिमाटी, त्रिपुरेश्वरमा फाट्टफुट्ट पसलमात्र थिए,' ६० वर्षीय उनी सम्झन्छन्, ‘चामल, नुन/तेल किन्न पनि सहर आउनुपथ्र्यो ।'

अहिले तेजरत्न शाक्यका पुराना ग्राहक पार्किङ र जामको कारण देखाउँदै न्युरोडको उनको पसलमा आउन गाह्रो मान्छन् । न्युरोडबाहिर पनि पसल खोल्न पर्‍यो भनेर सुझाव आउन थालेको छ । ठमेलमा जन्मिएका अनुसन्धाता प्रत्युष वन्तका अनुसार उनको बाल्यकालमा न्युरोड भीडभाड नै थियो । फरक के थियो भने, न्युरोडको मूल सडकको बीचैमा गाडी पार्किङ गरिएको हुन्थ्यो ।

‘ट्याक्सी बीच सडकमै प्यासेन्जर कुरिरहेका हुन्थे,' ५१ वर्षीय वन्त सम्झिन्छन् । किलागलका आलोकसिद्घी तुलाधारका अनुसार उनी हुर्किदा मोटर/मोटरसाइकल प्रचुर भइसकेका थिए । तर पार्किङ गर्न समस्या हुन्थेन । अहिले न्युरोड जानु पर्दा पार्किङ गर्न पाइने समय सोच्नपर्ने भएको छ । पार्किङका लागि धेरैबेर चक्कर लगाउन/कुर्नपर्ने विचार गरी दिईएको समयभन्दा अघिनै मान्छे भेट्न न्युरोड पुग्न पर्छ । ‘यो हुलमुलमा सकेसम्म जानै नपरे हुन्थ्यो लाग्न थाल्यो', उनी थप्छन ।

१९९० सालको भूकम्पले क्षतिग्रस्त सहरको पुनःनिर्माणका क्रममा जुद्धशमशेर टुँडिखेलको पश्चिमपट्टि बसन्तपुरसम्म सडक खोलेपछि विकास भएको थियो, न्युरोड । आलोकसिद्धीका अनुसार भूकम्पअघि धरहराबाट खिचिएको फोटोमा न्युरोडको अहिलेको मूल सडकमा गुजुमुज्ज घर देखिन्छन् । जुद्ध सडक नहुँदा हनुमान ढोका आउजाउ गर्न प्युखाको बाटो प्रयोग हुन्थ्यो । त्यो भन्दा पनि पुरानो ओटुको बाटो हो । एक हजार वर्षअघि बनेका सहरका बाटा सा“घुरा थिए । न्युरोडमा चौडा सडक बन्दा यति ठूलो बाटोको के काम भनिन्थ्यो ।

चौडा सडकको कारण न्युरोडमा चहलपहल बढ्न समय लागेन । आलोकसिद्धीका अनुसार पुरानो सहरमा स्थापित व्यापारी न्युरोडतिर सर्न थाले । यसक्रममा स्थानीय नेवार साहूका साथै ‘कोर सिटी' का मारवाडी र रौनियार साहूजीले पनि न्युरोडतिरै पसल खोले । असन, इन्द्रचोकलगायत पुराना बजारलाई जित्न न्युरोडलाई समय लागेन । अब, काठमाडौंको मुख्य बजार न्युरोड भयो ।

सन् १९६० को दशकमा हिप्पीहरू ह्वारह्वार्ती नेपाल छिर्न थालेपछि तिनको केन्द्र झोंछे भयो । यसले पनि न्युरोडलाई पश्चिमा जगतमा चिनायो । हिप्पी युगअघि काठमाडौंमा पर्यटक बस्ने ठाउ“ मरुहिटीलगायत थिए जुन पनि न्युरोडतिर सरे । झोंछेतिरै होटेल÷लज खुले । जनसंख्या र जनघनत्वको सबैभन्दा बढी फाइदा न्युरोडले लिन्थ्यो ।

अनिल चित्रकारका अनुसार सन ५० को दशकमा विदेशीका लागि नेपाल खुला भयो, होटेल÷लज भटाभट खुल्न थाले, न्युरोड चम्कियो । होटेल÷ट्राभल एजेन्सी, एयरलाइन्स अफिस खुल्न थालेपछि अंग्रेजी जानेको मान्छे चाहिने भयो, दार्जिलिङतिरका मान्छे आउन थाले । सन् १९७० को दशकमा कार्पेट र त्यसको केहीपछि गार्मेन्ट उद्योग खुले ।

श्रमिकमा आधारित ती उद्योगमा काम गर्न धेरै मानिस ओइरिए न्युरोडको व्यापार झन् चम्कियो । २०३६ सालपछि दातृ निकायका अफिस खुल्न थाले । राम्रो आर्जन गर्ने वर्गको संख्या बढ्दै गयो । २०४८ पछि निजी स्कुलको बाढी आयो, न्युरोड झन अकासियो । सशस्त्र विद्रोहका कारण गाउँ छाडेर काठमाडौं छिर्दा पनि फाइदा न्युरोडले पायो ।

राजनीतिक गतिविधिको केन्द्र पनि न्युरोडै बन्यो । सहरका नेता, साहित्यकार, कलाकार, पत्रकार भेला हुने ठाउँ बन्यो । सूचनाको स्रोतनै न्युरोड थियो । ‘न्युरोडको पीपलबोटको पात हल्लिए, दरबार हल्लिन्छ पनि भनिन्थ्यो,' तेजरत्न सम्झिन्छन् । पर्यटक ठमेलतिर सर्न थालेपछि कस्मेटिक व्यापार चम्कियो । २०३६ सालपछि चाहिँ न्युरोडमा कुनै खास सामानको बाहुल्य भए, मि िश्रतखालको व्यापार चम्कियो । बसपार्कको कारण सुन्धारा, भोटेबहाल होटेल/लज खुले । यसको फाइदा न्युरोडको बजारलाई भयो ।

अब न्युरोडमा सायदै यस्ता कुरा होलान जुन न्युरोडबाहिर पाइन्नन् । तैपनि न्युरोडमा भीडभाड बढेकै छ । राणाकालमै चोगाछेमा खुलेको अमृत भण्डार छैन । तर अमृत भण्डारमै दूध आपूर्ति गर्ने विष्णु महर्जनले खोलेको ४५ वर्ष पुरानो आरती भण्डार मखन गल्लीमै छ । राणाकालमै खुलेका हलखोरीको कपडा पसल अहिले पनि छ । मुन्चा हाउस आफैमा एउटै इतिहास मानिन्छ । जेम प्यालेस महावीर क्लोथ स्टोर्स कतिपय पचास वर्ष पुराना पसल न्युरोडमा छन् ।

सकसमा न्युरोड सहरमा अरु बजार केन्द्रको निर्माण तीव्र बनेसँगै न्युरोडको महत्व घट्दो क्रममा छ । ‘सुविधासम्पन्न वर्गलाई सर्व गर्न नसक्ने अवस्थामा पुग्यो, न्युरोड', पूर्वअर्थ सचिव रामेश्वर खनाल भन्छन् । न्युरोडको प्रवेश (इन्ट्री) छ तर निस्कने (एक्जिट) छैन । जुन बाटो छिरेको हो, त्यही बाटो निस्कनपर्ने अवस्था छ । प्रवेश पनि घुमाउरो छ । लाजिम्पाटतिरबाट आउनेले सहिदगेट घुम्दै न्युरोडतिर आउनपर्छ । माइतिघरतिर फर्कंदा रत्नपार्कबाट घुमाउरो बाटो निस्कनु पर्छ । ‘संसारभरि ठूला सहरमा न्युरोडजस्तो डाउन टाउन हुन्छन् तर न्युरोडजस्तो एक्जिट नभएको हुन्न', खनाल भन्छन्, ‘एक्जिट न्युरोडको सबैभन्दा ठूलो समस्या हो ।'

नेपाली राजनीति घटनाक्रममा न्युरोड जोडिन्थ्यो । पीपलबोट नेता, साहित्यकार आदि बौद्धिकको भेला हुने अखाडा थियो । न्युरोडले त्यो महत्व उहिल्यै गुमाइसकेको छ । राजनीतिक घटनाक्रममा न्युरोडको भूमिका कम छ । इन्दिरा रेस्टुरेन्ट कुनै बेला सहरका सम्भ्रान्त भेला हुने ठाउँ थियो । न्युरोडमा त्यस्ता केन्द्र अब छैनन् । सहरमा कफी कल्चर लोकप्रिय भइरहँदा न्युरोडमा स्तरीय कफी रेस्टुरेन्टको कमी देखिन्छ । मल्टिप्लेक्स थपिँदैछन् । कुनै बेला जनसेवा र त्यसपछि रञ्जना हल रहेको न्युरोडमा सिनेमा हल छैनन् । गुँदपाक किन्नकै लागि सहरवासी र सहरबाट बाहिरिन लागेको भीड न्युरोडमा हुन्थ्यो । दुई वर्षअघि उत्पादन उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको फेला परेपछि बन्द भयो ।

हिप्पीको केन्द्र झोंछे भएपछि न्युरोड पश्चिमा पर्यटकका लागि आकर्षण हुने गथ्र्यो । अहिले न्युरोडमा विरलै पश्चिमा पर्यटक देखिन्छन् । एउटै सुपरमार्केट विशाल बजार थियो । भारतीय पर्यटक किनमेल गर्न त्यहीँ झुम्मिन्थे । सहरभरि सुपरमार्केट खुल्दै गर्दा न्युरोडमा स्तरीय सुपरमार्केट निर्माणको सुरसार छैन । विशाल बजारको आकर्षण ओइलाइसकेको छ । भारतीय पर्यटकका लागि अब भाटभटेनी सुपरमार्केट पहिलो रोजाइमा पर्छ । हस्पिटालिटी झ्याप्प ठमेलले तानिदियो । होटेल तानेपछि सम्बद्ध विजनेस पनि तानियो ।

पुरातत्व र मौलिक संस्कृति अवलोकन गर्ने पर्यटकका लागि पनि पाटन र भक्तपुर दरबार क्षेत्रले बढी आकर्षित गरेको अवस्था छ । त्यही भएर गोरा अनुहार न्युरोडमा उति देखिन्नन् । ट्राभल एजेन्सी, एयरलाइन्सका कार्यालय पहिला रत्नपार्क र पछि दरबारमार्गमा थिए । त्यहाँ काम गर्नेका लागि न्युरोड नजिक पनि थियो । ती विस्तारै नक्सालतिर सर्दैछन् । तिनलाई अब न्युरोडको भीडभाडमा छिर्नभन्दा भाटभटेनी जान सजिलो छ । स्तरीय रेस्टुरेन्ट पनि त्यतै खुलेका छन् । गहनाका लागि न्युरोड नगई नहुने अवस्था थियो ।

काठमाडौंमा सञ्चालित करिब सात सय गहनापसलमा आधाजति न्युरोडमै छन् । तर, अहिले न्युरोड नपुगे पनि गहना किनमेल हुन्छ । हिराको व्यापार त सुरुमै दरबारमार्गले लिएको हो । एउटै छतमुनि सुपरमार्केटमा किनमेल गर्ने बानी बस्दैछ, सहरवासीमा । तर, न्युरोडमा ब्रान्डेड सपिङ सेन्टर पनि छैनन् । ब्रान्डेड पसल दरबारमार्ग, पुतली सडक, बानेश्वर, कुमारी पाटी गए । यहाँ जसोतसो पसल चलिरहेका छन् । मज्जाले बसेर खाने ठाउँ छैन ।

चित्रकारका अनुसार कुनै ठाउँ चम्किन त्यो ठाउँ बस्नलायक हुनुपर्‍यो जसका लागि व्यवस्थापन हुनपर्‍यो । लगानीको प्रतिफल सुनिश्चित देखिन पर्‍यो, यसका लागि प्रतिस्पर्धी हुनुपर्‍यो । जुद्घ शमशेरले निर्माण गरेपछि एकैचोटी राजा वीरेन्द्रको राज्याभिषेकका बेला न्युरोड÷बसन्तपुरमा सरकारले लगानी गर्‍यो । यसबाहेक न्युरोड व्यवस्थित बनाउन सरकारले लगानी गरेकै छैन ।

न्युरोडमा सुरुमा भूँईतला मात्र पसलका लागि भाडा लाग्थे । घरवालामाथि बस्थे । माथिसम्म भाडा लाग्ने भएपछि घरै भाडामा लगाएर अन्तै बस्ने भए । अहिले न्युरोडमा स्थानीय मान्छे फेला पार्न मुश्किल पर्छ । ‘यसैले स्थानीय तहबाट व्यवस्थापनका लागि पहल÷दबाव भएन,' उनी थप्छन् ।

पूर्वसचिव खनाल न्युरोडको सकस घटाउन शोभा भगवतीदेखि सोह्रखुट्टे सडकलाई कम्तीमा चार लेनको बनाउनुपर्ने सुझाव दिन्छन् । यस्तै पुरानो कान्तिपुरको बाहिरपट्टि ठूल्ठूला अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्छ ।


यसरी गर्नुपर्छ विकास

किशोर थापा, सहरी विकास इन्जिनियर

न्युरोडमा पार्किङको समस्या समाधान गर्न अन्डरग्राउन्ड पार्किङ जरुरी छ । टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाइदिए न्युरोड जानै मन मर्ने अवस्था सकिन्छ । टु“डीखेलमै पार्किङ गरी न्युरोड छिर्नपर्ने बनाइदिएर टहल्दै न्युरोडमा घुमघाम र किनमेल गर्नुको मज्जै बेग्लै हुन्छ ।

थपाका अनुसार वैदिक टाउन प्लानिङअनुसार बनाइएको सहर हो । हजारौं वर्षको इतिहास बोकेको पुरानो सहरमा रोम, दिल्लीसँगै काठमाडौंको नाम लिइन्छ । यसलाई ल्यान्ड पुलिङ, सडक विस्तार गरी यसको पुरातात्विक महत्वलाई छेडखानी गर्न मिल्दैन ।

साना चोक, ठूला चोक, गल्लीसहित यो सहरको डिजाइन गरिएको थियो । यो चीजको बेग्लै महत्व छ । हामीले पछिल्लो पुस्तालाई देखाउन पनि जोगाउनुपर्छ । किरातकालीन ढुंगेधारा छ, लिच्छविले बनाएको इनार पनि छ । अहिले पनि वीर शमशेरले बनाएको पानी आपूर्ति प्रणाली चलेकै छ ।

कोर सिटीको बाहिरैपट्टि गाडी पार्किङ गरी भित्री सहरमा स्थानीयलाई मात्र सवारी साधन प्रवेशको अनुमति दिए, यो पर्यटकका साथै घरेलु पर्यटकको लागि घुम्ने/किनमेल गर्ने विश्वप्रसिद्ध हब बन्न सक्छ । पुरानो कान्तिपुर सहर गाडी चलाउन डिजाइन गरिएकै हैनन् । यसैले तिनमा गाडी चलाउन दिनु हुँदैन ।

कोरसिटीको बाहिरपट्टि गाडी पार्किङ गरी पैदल हिँडदै किनमेल गर्नपर्ने ठाउ एकछिन कल्पना गरौं, आनन्द आउँछ । सामान ओसारपसारका लागि दिनको केही घन्टा छुट दिइनुपर्छ ।

न्युरोड छेउछाउका गल्लीमा भट्टी, मःम पसल, चियापसल, मिठाई पसल छन् । तिनलाई जोगाउनु पर्छ । तिनको मौलिकता रहने गरी आधुनिकीकरण गर्न प्रोत्साहित गर्नुपर्छ ।आलोकसिद्धी तुलाधर, नेवारी संस्कृतिका जानकार काठमाडौं सहर लिच्छविकालीन गुणकामदेवको योजनामा बनेको हो । एक हजार वर्षअघि पनि योजनाअनुसार निर्माण गरिएको थियो ।

उनले खड्ग आकारमा यो सहरको योजना बुनेका थिए । नेवारी संस्कृतिमा धार्मिक प्रभाव नपर्दा नेवारले प्रकृति र पुर्वजलाई पुज्थे । अजिमा (अजि- हजुरआमा, मा- आमा) लाई पुजिन्थ्यो । हिन्दू र बौद्ध धर्मको प्रभाव पर्न थालेपछि अजिमालाई हारतीमाता, श्वेतकालीको नाममा पनि पुज्न थालियो । हातमा खड्ग लिएकी अजिमाको मूर्ति बन्न थाले । यसैले गुणकामदेवले काठमाडौंको योजना खडग आकारमा बुनेका थिए । विष्णुमतिबाट पूर्व, लैनचौरबाट दक्षिण, टेकुबाट उत्तर र टुँडिखेलबाट पश्चिम क्षेत्र नै कान्तिपुर हो । काठमाडौंमा हजारौं वर्ष पुराना वस्ती ५३ वटा छन् ।

प्रत्येक महाभूकम्पपछि काठमाडौंको नक्सा परिवर्तन हुने गरेको छ । यस अघिका भूकम्पमा पनि त्यस्तै भएको थियो । पोहोरको भूकम्पले काठमाडौंको नक्सा परिवर्तन हुन्छ, एकाध वर्षमा थाहा पाइन्छ । इन्फोअब न्युरोडमा सायदै यस्ता कुरा होलान जुन न्युरोडबाहिर पाइन्नन् । तैपनि न्युरोडमा भीडभाड बढेकै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.