घरमै बसेर क्राउन पिज्जा

घरमै बसेर क्राउन पिज्जा

आज शुक्रबार । गुड फ्राइडे मनाउने मुडमा हुनुहुन्छ र तपाईंको गन्तव्य काठमाडौंको बौद्ध एरिया हो भने पिज्जाको मज्जा लिन सक्नुहुन्छ । पिज्जा र फ्राइड चिकनका पारखीका लागि नयाँ गन्तव्य बनिरहेको बौद्धस्थित क्राउन पिज्जा एन्ड फ्राइड चिकन तपाईंको उत्तम रोजाइ बन्नसक्छ । केएफसीका खाना मन पराउनेका लागि यो राम्रो विकल्प साबित भएको छ । पाँच वर्ष बेलायत बसेर स्वदेशमै केही गर्ने उद्देश्यले फर्किएका युवा मदन फुयाँलसहित ६ जनाको समूहले क्राउन पिज्जा रेस्टुराँ स्थापना गरेका हुन् ।

क्राउनमा केएफसीको अनुभव बटुलेका लगानीकर्ता र कर्मचारी छन् । नेपालमा पिज्जालाई खाजाका रूपमा मात्र खाइने चलन छ । यो पनि लन्च वा डिनरका रूपमा खान सकिन्छ भन्ने कुरा स्थापित हुँदै गएको छ । पिज्जा कल्चर विकास भइरहेको यो समयमा आफूहरूले अन्तर्राष्ट्रियस्तरको खाना उपलब्ध गराइरहेको फुयाँलले बताए । विदेशी स्वाद भए पनि यसमा प्रयोग हुने अधिकांश सामग्री नेपाली छन् । यसले नेपाली उद्यमीलाई पनि प्रवद्र्धन गरिरहेको छ । अर्डर गरेको सात देखि १० मिनेटमा फाइन डाइनिङमा खाना आइपुग्छ ।

फुल्ली डेकोरेटिभ रेस्टुराँमा पिज्जा, बर्गर, फ्राइड चिकनका थरीथरी स्वाद पाइन्छ । मांसाहारीका लागि मात्र नभई शाकाहारीका लागि पनि भेज पिज्जाको फरक स्वाद क्राउनमा उपलब्ध छन् । स्वच्छ, सफा र सुन्दर सजावटमा स्थापित क्राउन पिज्जामा सानोतिनो गेट टुगेदरदेखि ७० जना क्षमता भएको डाइनिङ हल उपलब्ध छ । ठेलमठेल राजधानीको घुइँचोमा पर्याप्त पार्किङको सुविधा हुनु रेस्टुराँको विशेषता हो ।

तपाईंको बौद्ध क्षेत्रमा सधैं गइरहने काम नपर्न सक्छ । पिज्जा खानकै लागि धाएर जाने बानी धेरै थोरको होला । घरमै बसेर खान मन पराउनेले पनि यसको स्वाद लिन पाइनँ भनेर मन दुखाउनु पर्दैन । बिहान १० देखि राति १० बजेसम्म रेस्टुराँले खुलेको समयमा १० किलोमिटर टाढासम्म होम डेलिभरी दिने सुविधा छ । नेपालमा अर्थतन्त्र धराशयी भएको बेला नयाँ सपना देखिरहेको मदनको समूहले अन्तर्राष्ट्रियस्तरको सुविधा प्रदान गरिरहेको छ ।

कुनै पनि हालतमा यसको शुद्धतामा सम्झौता नगर्ने दाबी गर्दै उनले व्यवसायमा इमानदारिता आवश्यक भएको बताए । हाइजेनिक र स्तरीय खाना उपलब्ध गराएपछि व्यवसाय कहिल्यै धराशयी नहुने उनको तर्क छ । नेपालीको मात्र नभई विदेशी पाहुनाका लागि पनि यो राम्रो गन्तव्य हुनसक्छ । रेस्टुराँले केही समयमा नियमित ग्राहकका लागि ‘प्रिभिलेज कार्ड’को व्यवस्था गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.