हुन्डाईका विजेतालाई पुरस्कार

हुन्डाईका विजेतालाई पुरस्कार

काठमाडौः हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘दसैं तिहार गेट, सेट, गो’ अफरका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

तीनकुनेस्थित हुन्डाईको सोरुममा बिहीबार पुरस्कार वितरण गरिएको हो । उक्त अफरअन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको नगद छुट, एक वर्षको बिमा, ५६ जनाका लागि सामसुङ ग्यालेक्सी एस ६ एज स्मार्टफोन र बम्पर उपहारमा हुन्डाई क्रेटा जित्ने व्यवस्था थियो ।

‘सेट’ अफर अन्तर्गत ५६ जना भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एस६ एज जितेका थिए । ‘गेट सेट गो’ अफरका विजेताको घोषणा लक्की ड्रमार्फत भदौ ६गते गरिएको थियो ।

बुटवलकी सुमी श्रेष्ठले बम्पर उपहार हात पारेकी थिइन् । उपहार बिहीबार लक्ष्मी गु्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले विजेतालाई हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.