जंगल सफारीको दसैं तिहार योजना

जंगल सफारीको दसैं तिहार योजना

काठमाडौः चितवनको सौराहामा रहेको जंगल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गर्दै ‘दसैं तिहार दुई रात अफर’ योजना ल्याएको छ ।

शनिबारदेखि कात्तिक ३० सम्म लागू हुने यस योजनाअन्तर्गत दुई पर्यटकले दुई रात तीन दिनको प्याकेजसहित २५ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । जंगल सफारी लजका प्रबन्ध निर्देशक सुमन घिमिरेका अनुसार यस प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्टसहित सम्पूर्ण सफारी गर्न पाउनेछन् ।

उनका अनुसार पर्यटकले सौराहामा हात्ती सफारी, डुंगा सयर, हात्ती प्रजनन केन्द्र, थारू नाच, सूर्यास्त र थारू गाउँ अवलोकन गर्न पाउनेछन् । यस योजनामा सहभागी हुने पर्यटकलाई काठमाडौं भरतपुरको दुईतर्फी हवाई टिकटसमेत दिइने घिमिरेले बताए ।

साथै सहुलियत मूल्यमा पूर्ण वातारण अनुकूलित कोठा, रेस्टुरेन्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाइ छ ।

मुगलिङ नारायणघाट सडक खण्डको अवस्थाका कारण दसैंजस्तो चाडको बेलामा सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न होटलले यो प्याकेज योजना ल्याएको जनाएको छ ।यो अवधिभर सभा गोष्ठीका लागि सेमिनार हलमा समेत छुट रहने होटलले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.