दिल्लीमा नेपाल र भारतबीच तीन सम्झौता
नयाँ दिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दिल्लीमा नेपाल र भारतबीच तीन सम्झौता भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच तीन सम्झौता भएका हुन् । तीन मध्ये पहिलो सम्झौतामा चर्चित हुलाकी मार्ग निर्माण सम्बन्धि विषयलाई उल्लेख गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सार्वजनिक गरेका छन् ।
त्यस्तै दोस्रो सम्झौता नेपालमा गत वर्ष २०७२ वैशाखा १२ गते गएको भूकम्पपछिको पुनःनिर्माणका लागि सहुलियतपूर्ण ऋण सम्बन्धी रहेको छ ।
त्यसैगरी तेस्रो सम्झौतामा भारतले पुनःनिर्माणकै लागि ७ सय ५० मिलियन डलर सहुलियत ऋण दिने विषय उल्लेख गरिएको छ ।