हतियारसहित नेपाल छिरेका तीन भारतीय प्रहरी पक्राउ

हतियारसहित नेपाल छिरेका तीन भारतीय प्रहरी पक्राउ

धनगढीः मोटरसाइकलमा चोर समात्न भन्दै हतियारसहित नेपाल छिरेका तीन जना भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन्। विहीबार अपरान्ह कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भूडा गाउँमा हतियारसहित प्रवेश गरेका तीनजना भारतीय प्रहरीलाई इलाका प्रहरी कार्यालय बेल्डाँडीको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला कम्पोजनगर प्रहरी चौकीका सई सुवास चन्द, जवानहरु अर्जुन सिंह र प्रदीपकुमार रहेका छन्। भारतमा मोटरसाइकल चोरीका घटनाका आरोपी श्रवणकुमार सिंह नाम गरेका ब्यक्तिलाई लिएर तीनैजना प्रहरी कञ्चनपुरको भुडागाउँ पसेका इलाका प्रहरी बेल्डाँडीका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए।

तीनजना भारतीय सुरक्षाकर्मी र एकजना भारतीय नागरिकलाई विहीबार राति नै द्विदेशीय मामला भएको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको छ। कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले श्रवणकुमार सिंहले मोटरसाइकल चोरको घर देखाइदिन्छु भन्दै तीनजना भारतीय प्रहरीलाई नेपाल ल्याएको खुलेको बतए। तर, नेपालीको घरमा मोटरसाइकल भने फेला परेको छैन।

भारतीय प्रहरीले भुडा गाउँका बहादुर शाहीको घरमा खान तलासीका लागि आएपनि, अरु स्थानीयको घरमा पनि हतियारसहित पसेर खानतलासी गर्न थालेपछि स्थानीयले विरोध गर्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीलाई खबर गरेका थिए। प्रहरीले तीनै जनाबाट एक–एक थान पेस्तोल र ९ राउण्ड त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई भारतीय प्रहरीका उच्च अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.