साँझ परेपछि गाउँमा जंगली हात्तीको बथान र बाघ आतंक

साँझ परेपछि गाउँमा जंगली हात्तीको बथान र बाघ आतंक

वीरगन्ज : जंगल छेउमा रहेका पर्साको ग्रामीण भेगमा हात्ती र बाघले तीन साता देखि लगातार आतंक मच्चाउदै आएको छ।

चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्य जन्तु आरक्षको जंगल छेउमा रहेका ठोरी, निर्मलवस्ती, शंकरसरैया, महादेवपट्टी, सेढवा र सुवर्णपुर गाविसमा बाघ र हात्तीले दिनहु धनजनको क्षति पुरयाउदै आएको छ।साँझ पर्ने बित्तक्कै आरक्षको जंगलबाट दर्जनौको संख्यामा गाउँमा छिर्ने हात्तीको बथानले स्थानीयको घर भत्काउनुका साथै खेतमा पाकेर काट्ने अवस्थामा रहेको भदैया धान खाएर तथा माडेर नष्ट पार्दै आएको छ।

शंकरसरैया, सेढवा र महादेवपट्टीमा हात्तीले दिनहँ जसो गाँउमा पसेर रातभर उपद्रो मच्चाउँदै आएको सेढवाका स्थानीय रामेश्वर साहले बताए । जंगली हात्तीले तीन साताको अवधीमा शंकरसरैया, महादेवपट्टी, सेढवा र सुवर्णपुर गाविसमा गरि दश बिघा भन्दा बढि जग्गाको धानबाली खाएर तथा माडेर नष्ट पार्नुका साथै स्थानीयवासीको दुइ वटा घर पनि भत्काइदिएको सेढवाका कृष्णमोहन साहले बताए ।

जंगली हात्तीले बिहिबार राति पनि शंकरसरैया, सेढवा र महादेवपट्टी गाविसमा रातभर उपद्रो मच्चाएको थियो । सेढवा ९ मा रहेको सेक्टर वन कार्यालय बसन्तपुरमा हात्तीले आतंक मच्चाउन थालेपछि वन कार्यालयका जमदार रामअशीष राउत कुर्मीले दुई राउण्ड हवाइ फायर गरेका थिए । हवाइ फायर गरेपछि हात्तीको बथान जंगल तर्फ फर्किएको थियो ।
यस्तै पर्साको ठोरीमा एक साता देखि बाघले आतंक मच्चाएको छ । चितवन राष्ट्रिय निकुन्जको जंगलबाट दिउँसै गाउमा छिरेर बाघले किसानहरुको खसीबाख्रा मारेर खाइदिनुका साथै मानिसलाइ घाइते पनि बनाइदिएको छ।

ठोरीमा एक साताको अवधिमा बाघले किसानको आठ जना खसीबाख्रा मारेर खाइदिएको छ । शुक्रबार मात्रै ठोरीमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छन् ।
ठोरी ४ की ३५ वर्षिया बसना भण्डारी बाघको आक्रमण्बाट घाइते भएकी हुन् । बाघले घण्डारीको छाती , पाखुरा र तिघ्रामा आक्रमण गरि घाइते बनाएको हो । उनलाइ उपचारका लागि चितवनको भरतपुर लगिएको छ । निकुन्जको जंगलबाट गाँउमा पसको बाघले बिहान ११ बजेतिर आफनै घरको आँगनमा बसेका बेला भण्डारीलाइ आक्रमण गरि घाइते बनाएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले बताए ।

यसअघि शुक्रबार नै बिहान पाँच बजेतिर भण्डारीको घर अगाडी रहेको खोरमा बाघले आक्रमण गरि तीन वटा खसी बाख्रा मारेको थियो ।बाघले मान्छेलाइ नै आक्रमण गरेर घाइते बनाएपछि ठोरीको जनजीवन आतंकित बनेको छ । नेपाली सेनाको अमुवा पोष्टबाट क्याप्टेन शुभराज गुरुङको नेतृत्वमा सेना र प्रहरीको टोली दुइ वटा हात्तीको सहयोगमा बाघलाइ धपाउन खटिएको भएपनि उक्त बाघ शुक्रबार बेलुकी सम्म गाँउमै बसेपछि स्थानीयको जनजीवन आतंकीत बनेको हो ।

निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) ले बाघलाइ लठ्याउने सुइ लगाउने प्राविधीकहरुको टोली शनिवार बिहान मात्र ठोरीमा पुग्ने बताएको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद खनालले जानकारी दिए । यसअघि बिहिबार दिउँसो पनि गाँउमा पसेको बाघले ठोरी ३ सरस्वती नगर निवासी भीमराज गिरीको खेतबारीमा चर्न छाडिएको बाख्रा आक्रमण गरि मारिदिएको थियो । तीन दिन पहिले पनि सरस्वतीनगरमै पुर्णबहादुर कुवँरको घरको पालीमा रहेको टाट्नमा बाँधेर राखेको बाख्रालाई दिउँसै आक्रमण गरेर बाघले मारेको थियो ।
गाउँमा पसेर दिउँसै बाघले दिनहुँ जसो बाख्रापालक किसानको बाख्रा मारेर दुःख दिन थाले पछि ठोरीका किसानहरु चिन्तित बनेका छन् ।

किसानको घर, खोर र खेतबारीमा नै आएर बाघले बाख्रा मार्दा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको गुनासो बाख्रापलक किसानहरुले गरेका छन् । तीन साता देखि जंगली हात्ती र बाघले दिनहु आतंक मच्चाउदा समेत स्थानीय प्रशासन ,आरक्ष सुरक्षामा खटिएका आरक्ष प्रशासन तथा नेपाली सेना उदासिन देखिएको पिडितहरुले गुनासो गरेका छ्न ।
हात्ती र बाघको आतंक र भएको क्षति बारे सम्बन्धित सबै निकायमा पटक पटक खबर गरिसकेको भएपनि अहिले सम्म कोहि पनी हेर्न समेत नआएको सेढवाका पिडित किसान बिरेन्द्र मिर्दाहाले गुनासो गरे ।

हात्तीको आतंक नियन्त्रण नगरिने हो भने गाउँ नै छोडेर जाने अवस्था भैसकेको शंकरसरैयाका किसान रामेशवर राउतले गुनासो गरे । पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधकृत युवराज रेग्मीले भने गाँउमा पस्ने हाती नियन्त्रणको लागि अमलेखगन्जबाट हाती मगाएर पोस्टमा पठाइएको र क्षतिपूर्तिको बिवरण संकलनका लागि आफ्नो मातहतमा रहेको पोस्टका कर्मचारीहरुलाइ निर्देशन दिइसकेको बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.