इरा र अर्नभ च्याम्पियन

इरा र अर्नभ च्याम्पियन

काठमाडौः नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यू–१४ र्‍याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को पनि उपाधि जितेका छन् ।

एक साताअघि सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरिन् ।

नेपालका प्रेरणा कोइराला तेस्रो र सलोनी तामाङ चौथो, भारतकी लक्षन्या विश्वनाथ पाँचौं तथा नेपालका अल्सा रेग्मी छैटौं, ईशा श्री शाह सातौं, स्नेहा यादव आठौं, रायना शाह नवौं र प्रियंका चौधरी दसौं स्थानमा रहे ।

केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स उपाधि भिडन्तमा अर्नभले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६-१ , ६-१ कै सीधा सेटमा हराए । नेपालका आदित सुवेदी तेस्रो र आर्यन गिरी चौथो, भारतका श्रीकान्त ठाकुर पाँचौं, नेपालका सहर्ष चन्द छैटौं, इभेक जोशी सातौं र ग्रिजेशमान श्रेष्ठ आठौं तथा भारतका शशिकान्त ठाकुर नवौं र एम्बिसयस गोल्डस्मिथ दसौं भए ।

यसअघि डबल्सको ब्वाइजमा भारतका अर्नभ पठाङ्गे र एम्बिसियस गोल्डस्मिथ तथा गल्र्समा नेपालकी प्रेरणा कोइराला र भारतकी लक्षन्या गोल्डस्मिथ पहिलो भएका थिए । सर्किट २ मा ब्वाइज र गल्र्समा समान १६–१६ खेलाडीले सिंगल्स/डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपाली लनटेनिसको इतिहासमै नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको पहिलो पटक भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.