क्यान्सर पीडितको उपचारमा आर्थिक समस्या

क्यान्सर पीडितको उपचारमा आर्थिक समस्या

सन्धिखर्कः सन्धिखर्क १३ अर्घाका क्यान्सरपीडित प्रकाश गन्धर्वको आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको छ । सारंगी बजाएर गुजारा गर्ने गन्धर्व परिवारमा गरिबीको कारणले उपचार गर्न समस्या भएको हो ।

 ट्युमर बढ्दै गएपछि दुखाइ पनि निकै बढेको उनले बताए । ‘दुखाइले  निकै गाह्रो भएको छ’ उनले भने, ’उपचार गर्न पाइने भएपछि निको हुने आशा जागेको छ ।’ समयमै उपचार नहुँदा धेरै पीडा खप्नु परेको उनी बताउछन् । उनको उपचारका लागि थप आर्थिकको आवश्यकता पर्ने भएको छ । उनले आर्थिक सहयोगको याचाना गरेका छन् ।

 ’राम्रोसँग उपचार गर्न पाए बाच्ने थिएँ’ उनले भने, ’थोरैथोरै भए पनि सबैले सहयोग गरे उपचार गराउन पाउने थिएँ ।’  उनकी आमा कमलाले  आर्थिक अभावका कारण लामो समयसम्म पनि उपचार गराउन नसकिएको बताइन ।  ‘उपचार गराउने इच्छा हुँदा हुँदै पनि लामो समयसम्म घर मै राख्नु पर्याे’ उनले भनिन् ।

प्रकाश धन कमाइ परिवारलाई सुख दिने अभिलाषाका साथ कतार गएका थिए । कतारमै रोगले समातेपछि उनी छिट्टै घर फर्कनु परेको थियो । घर आएपछि पनि उनी लामो समयसम्म पीडासँग जुधेर बसेका छन् ।  

 सारंगी बजाएर अरुले दिएको अन्न तथा पैसाले परिवार पालेका उनका बुबाको पनि दुइ वर्ष अघि प्यारालाइसिसका कारण  निधन भएको थियो । कमाउने छोरालाई क्यान्सर भएपछि उनको  परिवारमा बिचल्ली छाएको  छ । घरमा दुइ छोरी छन् ।  गरिविका कारणले उनीहरुले विभिन्न समस्या झल्दै आएका छन् । ११ वर्षिया कान्छी छोरी सिताले कक्षा  पाँचमा पढ्छिन भने १६ बर्षीया साइली छोरी सिमा घरकै कामले गर्दा पढाइबाट बञ्चित छिन् ।   

आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य भएका उनको सहयोगमा इजरायलमा रोजगारी गर्ने अर्घाका युवाले आर्थिक सहयोग संकलनमा जुटेका छन्।

इजरायलमा रहेका  अर्घाका कमल प्रसाद भुसालको पहलमा सहयोग अभियान सञ्चालन गरिएको हो । उनीहरुले ३५ हजार रुपैया संकलन गरि पठाइदिएका छन्   पाखुरामा अस्वभाविक ढंगले ट्युमर बढ्दै गएपछि उनी चिन्तामा परेका छन् । आर्थिक सहयोग जुटेपछि उनलाई परिवारले उपचारका लागि चितवन लगेका छन । अर्घा धरम्पानीका लक्ष्मीनारायण चुँदाली र गोविन्द आचार्यले उपचारका लागि पठाउन सहयोग पुर्याएपछि उनलाई एम्बुलेन्समा चितवन  लगिएको हो ।

उनीहरुले सो रकम लक्ष्मी नारायण चुँदाली मार्फत् उनको परिवारमा समक्ष पुर्याएका छन् ।  चुँदालीले उनकी आमा कमलालाई सहयोग रकम हस्तान्तरण गरे । सहयोग गर्न चाहनुहुनेले सिधैँ पीडित प्रकाश गन्धर्व सँग कुराकानी गर्न सक्नु हुनेछ । टेलिफोन नम्बर ९८१३८२३८५५


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.