कृषि पत्रकार प्रतिष्ठानको अध्यक्षमा बर्मा
काठमाडौंः नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)को अध्यक्षमा अन्नपूर्ण पोष्टका राजेश बर्मा सर्वसम्मतीबाट चयन भएका छन्।
कृषि क्षेत्रमा व्यवसायिक रुपमा विभिन्न सञ्चार माध्यममा कलम चलाउने कृषि पत्रकारहरुको छाता संगठन जोनाको शुक्रवार राति सम्पन्न दोस्रो अधिवेशनले बर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले प्रतिष्ठानको उपाध्यक्षमा कारोबार दैनिकका किरण आचार्य र महासचिबमा कृषि टेलिभिजनका गोविन्दप्रसाद घिमिरेलाई चयन गरेको छ। यसैगरी सचिवमा कृषि रेडियो नेटवर्कका पवन श्रेष्ठ, कोषाध्यक्षमा हिमालय टाइम्सका लेखनाथ पोखरेल र सह कोषाध्यक्षमा राजधानी दैनिकका लक्ष्मी सापकोटा सर्वसम्मत रुपमा चयन भए।
यसैगरी सदस्यहरुमा नयाँ पत्रिकाका अजित अधिकारी, गोरखापत्रका सुरेशकुमार यादव, राष्ट्रिय समाचार समितिका राजाराम कार्की, नागरिक दैनिकका दिलिप पौडेल, आर्थिक दैनिकका हीमा बिक र रातोपाटीका भरत पाण्डेय सर्वसम्मतिबाट चयन भए।
जोनाले अन्तर्राष्ट्रिय कृषि पत्रकार महासंघ (आईएफएजे) सँग हालै आवद्धता प्राप्त गरेको हो। जोनाले कृषि क्षेत्रमा सक्रिय पूर्वक कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धि र हकहितको क्षेत्रमा काम गर्दै आएको छ। यो संस्थामा राष्ट्रिय दैनिक, टेलिभिजन, एफएम रेडियो र अनलाइनमा कृषिमा काम गर्ने ४२ जना पत्रकारले सदस्यता पाएका छन्।