नरेन्द्र मोदीले यसरी मनाए जन्मदिन
काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आफ्नो ६६ औँ जन्मदिन मनाएका छन् । सन् १९५० मा भारतको गुजरातमा जन्मिएका मोदीले शनिबार बिहानै गुजरातमा रहेकी आमालाई भेटेर जन्मदिन मनाएका छन् ।
आमालाई भेट्ने बाहेक मोदीले विभिन्न कार्यक्रममा सहभागीता जनाएका छन् । मोदी भारतका १५ औँ प्रधानमन्त्री हुन् । बाल्यकालमा धेरै दुःख पाएका मोदीले राजनीतिक यात्रालाई सुनौलो बनाएका छन् । गुजरातको मुख्यमन्त्री हुँदा गरेको आर्थिक विकासकै कारण मोदीलाई प्रधानमन्त्री बन्ने मौका मिलेको विश्लेषण गरिन्छ ।
मोदीको जन्मदिनको अवसरमा भारतका विभिन्न स्थानमा कार्यक्रम गरिएको छ ।
मोदी कुटनीतिक रुपमा जति चर्चित छन् वाकपटुता समेत उनको उत्तिकै रहेको छ । नेपालसँग राम्रो सम्बन्ध बनाएका मोदी गत वर्षको नाकाबन्दीपछि भने नेपालको आलोचनाको पात्र बन्दै आएका छन् ।