नवजात शिशुको ज्यान गएपछि अस्पतालभित्रै नाराजुलुस

नवजात शिशुको ज्यान गएपछि अस्पतालभित्रै नाराजुलुस

वीरगन्ज : वीरगन्जको गण्डक अस्पतालमा प्रशासन र डाक्टरको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको भन्दै परिवार तथा आफन्तहरुले प्रदर्शन गरेपछि शनिबार दिनभर नै अस्पताल तनावग्रस्त रह्यो ।


गण्डक हस्पिटलमा गत भदौ २८ गते जन्मिएकी शीशुको शनिबार बिहान आइसियु कक्षमा उपचारकै क्रममा मृत्यु भएको हो । उपचारमा डाक्टरले लापरवाही गरेकोले शीशुको मृत्यु भएको भन्दै मृतक शीशुका परिवारका सदस्य र आफन्तहरुले शनिवार दिनभर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् उनीहरुले शनिवार साँझसम्म मृतक शीशुको शव बुझन नमानेको अस्पतालका प्रशासन प्रमुख सन्तोष रौनीयारले बताए ।

गण्डक हस्पिटलमा गत भदौ २८ गते पर्साको चोर्नी ४ कोनिया गाँउकी अन्तिमा देवी सुत्केरी गराउन भर्ना भएकी थिइन् । भदौ २८ गते साँझ जन्मिएकी शीशुलाई श्वास प्रश्वासमा समस्या रहेको भन्दै त्यही दिन बेलुका अस्पतालका चिकित्सक डाक्टर अतिन्द्र्र मिश्रले आइसीयु कक्षामा भर्ना गर्न लगाएका थिए ।

डाक्टर मिश्रले बिहीबार देखि नै शीशुको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले दुइ तीन दिनमा आमा बच्चा दुवैलाइ डिस्चार्ज गरिदिने बताउदै आएको भएपनि शनिवार बिहान अचानक बच्चा मरयो भनेर खबर गरेको मृतक शीशुका बुबा सुनिल पाण्डले बताए ।

नर्मल डेभिरी भएर बच्चा जन्मिएको भएपनि डाक्टर मिश्रले आइसीयुको भेन्टिलेटरमा चार दिन राखे, उनले भने , तर आज बिहान अचानक बच्चा मरेको खबर गरे । अहिले सम्म उपचारका बहानामा अस्पताल प्रशासनलाइ आफुले ४० हजार रुपैया शुल्क तिरीसकेको भन्दै पाण्डेले भने ,‘डाक्टर र अस्पतालको चरम लापरवाहीकै कारण मेरो बच्चाको मृत्यु भएको हो ।

आइसियु कक्षामा राखेकै दिन देखि बच्चालाइ डाक्टर र अस्पताल प्रशासनले हेर्न समेत नदिएको भन्दै मृतक शीशुका हजुर बुबा रामानन्द पाण्डेले भने ,‘ डाक्टरले आमालाइ पनि आफनो बच्चा हेर्न दिएका थिएनन् , आज बिहान अचानक बच्चाको मृत्यु भएपछि मात्र डाक्टरले हामीलाइ खबर गरेका हुन् ।

तर अस्पतालको प्रशासन प्रमुख सन्तोष रौनीयारले भने नवजात शीशुको उपचारमा कुनै पनि किसीमको लापरवाही नभएको बताए ।शनिवार बिहान ३ बजे तिर नवजात शीशुको श्वास प्रश्वासमा केहि जटिल समस्या देखिएपनि उपचार गरेपछि पाँच बजे तिर अवस्था सामान्य भएपनि बिहान ६ बजे तिर अचानक मृत्यु भएको रौनीयारले बताए ।
अस्पतालका प्रशासन रौनीयारले मृतक शीशुका आफन्त र अभिभावकहरुले अनाहकमा अस्पताल प्रशासन र डाक्टर माथि आरोप लगाएको बताए ।
गण्डक अस्पतालका डाक्टरले अनावश्यक रुपमा अन्य बिरामीहरुलाइ पनि दुख दिने गरेको आरोप लागेको छ ।

हात भाचिएर उपचारका लागि अस्पतालमा जाने बिरामीलाइ पनि डाक्टरहरुले आइसीयु कक्षमा राख्न लगाउने गरेको बिरामीका आफन्तहरुले बताएका छन् ।शनिवार अस्पतालमा भेटिएका रौतहटका रामचन्द्र पण्डितले भने ,‘ मेरो छोराको हात भाचिएर उपचारका लागि लिएर आउदा दुइ दिन देखि आइसीयुमा राखेका छन् ,आइसीयुमा राखे बापत एक दिनको सात हजार रुपैया तिर्नु परेको छ ।

यस्तै बारा पचरौताकी इन्दु देवीले पनि अस्पतालका डाक्टर फजुलमा खर्च गराउने गरेको बताइन् । मेरो ससुरालाइ भर्ना गरेकी छु, सधै बिहान चार पाँच हजारको औषधी किन्न लगाउछन् , उनले भनिन् , बेलुकी फेरि औषधी सकियो भन्दै दुइ तिन हजारको औषधी किन्नु पर्छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.