खचाखच भरिएको डुंगा सप्तकोसीमा डुबेपछि... (फोटोफिचर)

खचाखच भरिएको डुंगा सप्तकोसीमा डुबेपछि... (फोटोफिचर)

धरानः सप्तकोसी नदीमा  डुंगा दुर्घटना हुँदा फसेका ३७ जनाको उद्धार गरिएको छ भने दर्जनबढी बेपत्ता भएका छन् ।  भेलमा जबरजस्ती क्षमता भन्दा बढी यात्रु चढाएर कोसी टप्पुबाट प्रकाशपुर गाविस आउदै गरेको  डुंगा दुर्घटनामा परेको हो ।

शनिबार सुनसरीको कोसी टप्पुबाट प्रकाशपुर गाविसमा लाग्ने शनिबारे हटियामा किनमेल गर्न आउदै गरेका करिब ५० भन्दा बढी सर्वसाधारण सवार  डुंगा सप्तकोसीको बीच भगांलोमा दुर्घटनामा परेको हो ।

बढी यात्रु भएका कारण दुर्घटना भएको डुङ्गा ठेकेदार तुफान चन्द्रवंशी आफैले चलाएका थिए । ठेकेदार समेत रहेका चालक चन्द्रवंशी सहित दर्जनबढी बेपत्ता भएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । बेपत्ता हुनेहरुको पहिचान र  संख्या पत्ता लागि नसकेको पनि पोखरेलले जानकारी दिए ।

दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको छ । कोशीमा अत्याधिक बाढी आएको र दिनभर पानी परेकाले बेपत्ता भएकाको खोजी कार्यमा समेत समस्या भएको एसपी पोखरेलले बताए । 
सप्तकोसीको बीच भंगालोमा पुगेपछी डुङ्गा दुर्घटनामा परेको दुर्घटनामा परेका कोसी टप्पुका अर्जुन चन्द्रवंशीले बताए । उनले ६ जना बालवालिकासहित  डुंगामा ५० देखि ६० जनासम्म यात्रु रहेको बताए ।

‘डुङ्गा दुर्घटना भएपछि बाढीले संगै रहेका साथीलाई हेर्दाहेर्दै बगायो’, उनले भने, ‘दाउरा खोज्दै आएको अर्को  डुंगामा रहेका स्थानियले डुबेका ३७ जनाको उद्धार गरे ।’

दुर्घटनामा परेका विष्णु चन्द्रवंशीले कोसी टप्पुका बासिन्दा रहरले नभएर बाध्यताका कारण डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो गरे ।

उनले कोसी टप्पुका करिब ५ हजार सर्वसाधारणलाई सरकारले सामान्य सेवा सुविधा समेत प्रदान नगरेका कारण परिवारको जिवीको पार्जनका लागि नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य बस्तु खरिद गर्न प्रकाशपुर र महेन्द्रनगरको हाट बजार आउने गरेको बताए ।

दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल, नेपाली सेनाको बटुकदल गणको इनरुवा गुल्मका गुल्मपति आमोद कार्की,  शसस्त्र पहरी बल सीमा सुरक्षा कार्यालयका एसपी कृष्ण सुवेदीको नेतृत्वमा दुई सय भन्दा बढी सुरक्षाकर्मी र स्थानिय वासिन्दा उद्धारकार्यमा खटिएका छन् ।

बेपत्ताको खोजिकार्यमा नेपाली सेना र सशस्त्र प्रहरीको २-२ वटा मोटरबोट र स्थानिय बसिन्दाका २ वटा डुङ्गासहित उद्धार टोली परिचालन गरिएको छ। उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिए पनि शनिवार साँझसम्म कसैलाई फेला पार्न नसकिएको एसपी पोखरेलले जानकारी दिए ।

प्रकाशपुर गाविस र महेन्द्रनगर गाविसले  यात्रुको विना सुरक्षा सप्कोसीमा डुङ्गा संचालनको ठेक्का लगाएका कारण बर्षेनी सप्तकोसीमा सयौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको सप्तकोशी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए ।

उनले सुनसरीको श्रीलंका टापुका बासिन्दालाई राज्यले न्युनतम सेवा सुविधा समेत नदिएका कारण सप्तकोशीमा जोखमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको बताए । सप्तकोसीमा यस अगाडि पनि ७ पटक सम्म  डुंगा दुर्घटना भइसकेको छ । जसमा ५० भन्दा बढीको ज्यान गएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईले  डुंगा दुर्घटनाको विषयमा छानबिन गरिने बताएका छन् । उनले बेपत्ताको संख्या एकिन नभएकाले उदयपुरको प्रहरीको सहयोगमा कोशी टप्पुका घरघरमा गएर हराएकाको खोजकार्य भइरहेको बताए ।

Koshi-River-nepal2

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.