संविधान कार्यान्वयनका लागि जनताले दबाब दिनुपर्छः बादल
![संविधान कार्यान्वयनका लागि जनताले दबाब दिनुपर्छः बादल](https://annapurnapost.prixacdn.net/media/albums/badal-Rambahadur-Thapa-57dd52b7174936.71982181_g8zHNgPNAN.jpg)
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा ‘बादल’ले लामो सङ्घर्षपछि जारी भएको संविधान कार्यान्वयन गर्न जनताले दबाब दिनुपर्ने बताएका छन् ।
उपत्यका–धादिङ जनसम्पर्क मञ्चले शनिबार गरेको ‘संविधान कार्यान्वयनका लागि दबाब अभियान’ विषयक अन्तरक्रियामा उनले दबाब बिना संविधान कार्यान्वयन हुन नसक्ने भन्दै दबाब दिनुको विकल्प नभएको बताए ।
उनले नयाँ नेपाल निर्माणका लागि क्रान्तिकारी पार्टी एक हुँदै सामाजिक रुपान्तरण अभियान सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नयाँ नेपाल निर्माणका लागि वैज्ञानिक र क्रान्तिकारी विचार आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा पूर्वसांसद पुष्पविक्रम मल्ल, मञ्चका उपाध्यक्ष राम घलेलगायतले क्रान्तिकारी पार्टीले विगतमा गरेका त्रुटिको समीक्षा गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)