मोदीसँग दिल खोलेर कुरा गरेँः प्रधानमन्त्री प्रचण्ड

मोदीसँग दिल खोलेर कुरा गरेँः प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्लीः भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दिल खोलेर कुरा गरेको बताएका छन् ।

भारतको राजकीय भ्रमणको तेस्रो दिन शनिबार दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीजीसँग दिल खोलेर कुरा भएको छ, भ्रमणबाट म पूर्ण सन्तुष्ट छु ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल भएको समेत बताएका छन् । भारत भ्रमणबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उत्साहित हुँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रमण सफल भएको छ, यो भ्रमणले सन्तुष्टि दिएको छ ।’

प्रधानमन्त्री प्रचण्ड बिहीबार राजकीय भ्रमणका लागि भारत आएका हुन् । भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रणव मुखर्जी, भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायत उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार समकक्षी मोदीसँगको एकल वार्तापछि नेपाल र भारतका उच्च प्रतिनिधिमण्डलका बीचमा समेत छलफल भएको थियो । उच्चप्रतिनिधि मण्डलको छलफलपछि नेपाल र भारतबीच तीन बुँदे समझदारी भएको छ ।

शुक्रबार साँझ नेपाल र भारतको संयुक्त वक्तव्य समेत सार्वजनिक भएको छ । २५ बुँदे वक्तव्यमा नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा भारतले सघाउने विषयले प्राथमिकता पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.