कश्मिरमा सैनिकमाथि आक्रमण गर्नेलाई छोडिदैनः मोदी
नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अधिनस्थ कश्मिरमा सरकारी सेनामाथी भएको आक्रमण गर्नेहरुलाई नछोडिने बताएका छन्।
आक्रमणको कडा शव्दमा निन्दा गर्दै मोदीले कश्मिरमा सेनामाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताएका हुन्।
मोदीले भारत अधिनस्थ काश्मिरको उरीमा रहेको सैनिक प्रधान कार्यालयमा १७ जना भारतीय सेनाको ज्यान जाने गरी भएको आक्रमणलाई अमानवीय र क्रुर घटनाको संज्ञा दिएका छन्।
मोदीले ट्वीट गर्दै भनेका छन्,‘सहादत प्राप्त गर्ने सहिदहरुप्रति म सलाम गर्छु। राष्ट्रले उनीहरुको योगदानको सधै ख्याल गर्नेछ। म शोकाकुल परिवारको साथमै छु।’
प्रधानमन्त्री मोदीले कायरपूर्ण कार्यको आलोचना गर्दै भनेका छन्,‘हाम्रो विरुद्धमा जो लागेका छन् उनीहरुले पक्कै पनि कुनै दिन कडा सजाय पाउनेछन्।’