पाकिस्तान ‘आतंकवादी’को देश: भारत

पाकिस्तान ‘आतंकवादी’को देश: भारत

नयाँ दिल्लीः भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानलाई आतंकवाद देशको संज्ञा दिएका छन्। कश्मिरमा आइतबार १७ जना सैनिकको ज्यान जाने गरी भएको आक्रमणपछि गृहमन्त्री सिंहले पाकिस्तानकै सहयोगमा कश्मिरमा अातंककारीहरुले आक्रमण गरेको आरोप लगाएका हुन्। 

aa_1

उनले भनेका छन्,‘पाकिस्तान एक आतंकवादी देश हो। यो रुपमा उसलाई पहिचान गरेर एक्ल्याउनु पर्छ।’ सिंहले कश्मिरको सैनिक कार्यालयमा भएको हमलामा आतंककारीको तालिम, हतियार र साधनयुक्त अवस्थाले पाकिस्तानले सहयोग गरेको देखिने बताए।

सिंहले उरीमा सेनाको क्याम्पमा भएको आतंकवादी हमलामा ज्यान गुमाएको प्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेका छन्। उनले हमला गर्ने आतंककारीहरुमाथि सजाय दिएरै छोडिने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.