‘प्रधानमन्त्री प्रचण्ड भारतमा झुकेर आए’

‘प्रधानमन्त्री प्रचण्ड भारतमा झुकेर आए’

काठमाडौंः नेकपा एमालेका केन्द्रीय सदस्य शेरधन राईले वर्तमान सरकार संविधान कार्यान्वयनमा उदासिन भएको आरोप लगाएका छन्। राईले भने,‘यो सरकार कतै मुलुकलाई दुर्घटना र संकटतर्फ धकेल्न उन्मुख छैन भन्ने आशंका पैदा भएको छ।’

संविधान कार्यान्वयनको लागि पनि एमाले आफ्नो भूमिकामा सशक्त र खरो उत्रने बताउँदै नेता राईले भने,‘संविधान दिवस भोलि हामी भव्य रुपमा मनाउँदैछौं, संविधान कार्यान्वयनमा हामी खरो उत्रन्छौं।’ आइतबार काठमाडौंमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले संविधान दिवसलाई कालो दिवसको रुपमा मधेशी मोर्चाले विरोध गर्ने कुराप्रति टिप्पणी गरे।

उनले भने,‘उहाँहरु कालो दिवस भन्दै विरोध गर्ने अनि प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुने, यो कस्तो पारा हो?’ उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा संविधान संशोधन गर्नेबारेमा एजेण्डामा राखेकोमा असन्तुष्टि पोखे। उनले भने,‘वर्तमान सरकार संविधानको मर्म र आत्मालाई क्षतविक्षत पारेर मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न उद्धत छ।’

उनले प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त बक्तव्यमा पनि प्रधानमन्त्री प्रचण्डले गम्भिर रुपमा चुकेर र झुकेर कुरा राखेको आरोप लगाए। उनले भने,‘केही कुराहरु खुलिसकेका छन्, अरु विस्तारै खुल्दै जालान, अहिले नक्कली हाँसो हाँसेर केही हुनेवाला छैन।’

कार्यक्रममा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न देशी विदेशी शक्तिहरु लागिपरेको आरोप लगाए।
गिरीले भने,‘आगामी ०७४ माघ ७ भित्र तीन वटै निकायको चुनाव गराउनुपर्छ, तर चुनाव नगर्ने षडयन्त्र भैरहेको छ, यसले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्ने खतरा छ।’

उनले नेपालको शासन प्रणालीलाई नै अस्थिर बनाउन विदेशी शक्ति लागेको आरोप लगाए। गिरीले भने,‘हामी निर्णायक शक्ति भएनौं, अरुले नै यो देश चलाएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.