संविधान दिवसमा सरकारले ५ सय ३७ जनालाई जेलमुक्त गर्ने

संविधान दिवसमा  सरकारले ५ सय ३७ जनालाई जेलमुक्त गर्ने

काठमाडौं : संविधान दिवसमा ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय सरकारले गरेको छ।

चार दिने भारत भ्रमणबाट आइतबार अपरान्ह स्वदेश फर्किनसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संविधान दिवसमा चालिस प्रतिशत कैद भुक्तान गरेका र गम्भीर प्रकृतिको अपराधमा संलग्न नभएका ६५ वर्ष उमेर नाघेका ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।


बैठकमा भारत भ्रमणका समीक्षा, संविधान संशोधनको तयारी, सोमबारको संविधान दिवस लगायतका विषयमा छलफल भएको छ । कृषिमन्त्री गौरीशंकर थारुले प्रधानमन्त्री भारत भ्रमण सफल भएको निश्कर्ष मन्त्रिपषिद्ले निकालेको अन्नपूर्णसँग बताए ।

उनले भने, प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा भयो र यो अत्यन्त सकारात्मक एवं सफल भएको निश्कर्षमा हामी पुगेका छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.