बाराक ओबामाले दिए शुभकामना
काठमाडौः अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् ।
दिवसको उपलक्ष्यमा ओबाबाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई एक सन्देश पठाई शुभकामना तथा बधाइ ज्ञापन दिएका हुन् ।
शुभकामना सन्देशमा उनले संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
‘तपाईंको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपतमा आफ्ना प्रियजन गुमाएका परिवारहको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन् ।’ सन्देशमा भनिएको छ ।
सन्देशमा त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सहयोग गरिरहने छौँ ।’ भनिएको छ ।
ओबामाले नेपालको जलविद्युत् सम्भावनाको बृद्धि, पूर्वाधार विकास र दुखद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति ओबामाले लोकतन्त्रले प्राकृतिक सम्बन्ध स्थापना गर्नमा जोड दिदैँ आगामी वर्षमा दुई देशबीचको त्यस सम्बन्धलाई प्रगाढ बनाउन चाहेको उल्लेख गरेका छन् ।