मोदीले प्रचण्डलार्इ उपहार दिएको कितावमा के छ ?

मोदीले प्रचण्डलार्इ उपहार दिएको कितावमा के छ ?

काठमाडौं: आइतबारमात्रै चारदिने भारत भ्रमण सकेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट केही आश्वासन र केही सम्झौतासँगै अर्को उपहार पनि पाए– एक पुस्तक । छापाखानामा छापिँदै गरेको पुस्तकको पहिलो प्रति प्रधानमन्त्री मोदीले दाहाललाई उपहार दिए । पुस्तक हो, 'अ डे इन् द लाइफ अफ काठमान्डु' जसलाई कूटनीतिज्ञ जावेद असरफले लेखेका हुन् ।

भारतीय परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न पदमा रहेर काम गरेका असरफ नेपालमा सन् २००४ देखि २००७ सम्म कार्यरत थिए । उनले त्यतिबेला देखेको काठमाडौंको तस्बिर पुस्तकमा उतारेका छन् । उनले खिचेका काठमाडौंको जनजीवन, संस्कृति र सम्पदाहरूको फोटोले पुस्तक सजिएको छ । २०७२ का भूकम्पपीडित नेपालीलाई समर्पण गरिएको यो पुस्तक भूकम्पलगत्तै लेख्न सुरु गरिएको उनले बताए ।

लेखकले पुस्तकको परिचय खण्डमा दिल्लीस्थित भारतीय परराष्ट्र मन्त्रालयको कार्यालय रहेको साउथ ब्लकमा कार्यरत अवस्थामा नेपालमा भूकम्प गएको थाहा पाएको उल्लेख गर्दै भूकम्पले महत्त्वपूर्ण सम्पदाहरू नष्ट भएको देखेर पीडाबोध गरेको उल्लेख गरेका छन् । उनले पुस्तक काठमाडौं सहर र यहाँका जनताप्रतिको सम्मान भएको बताएका छन् ।

काठमाडौंको जनजीवनमा रहेको विविधता, यहाँको संस्कृतिप्रति उच्चमोह झल्काएका छन् लेखकले । भूकम्पको केही हप्तापछि नै काठमाडौं भ्रमणमा आएका असरफले भूकम्पमा नष्ट भएका धरोहरहरू देखेर व्यथित भएको उल्लेख गरेका छन् । उनले विश्वकै सहरी सम्पदामध्ये काठमाडौं बहुमूल्य रत्न भएको भन्दै यसको पुनर्निर्माण तुरुन्तै हुनुपर्ने धारणा पनि राखेका छन् ।

असरफले लेखेका छन्, 'पुस्तकले मानिस र हिमाल मिलेर बनाएको काठमाडौंको सम्पन्नता अभिव्यक्त गर्नेछ ।' तस्बिरहरूले भरिएको पुस्तकको अभिप्रायः नै काठमाडौं र काँठको सौन्दर्य तथा विशिष्ट विशेषता अभिव्यक्त गर्ने रहेको लेखकले उल्लेख गरेका छन् । भारतीय प्रधानमन्त्रीले उपहार दिएको नेपालकै लागि भारतीय कूटनीतिज्ञको हैसियतले काम गरेका डिप्लोम्याटको पुस्तकले सौन्दर्यप्रति सामान्य मानवीय मोहमात्र नभई काठमाडौंसँग दिल्लीको लगाव पनि अभिव्यक्त गर्छ ।

लेखकले ४१ अनुच्छेदमा लेखिएको पुस्तकको परिचय खण्डको चौथो अनुच्छेदमै भूकम्पलगत्तै भारतले गरेको 'सहयोग' सम्झाउन पनि बिर्सेका छैनन् । असरफ अहिले भारतीय प्रधानमन्त्री कार्यालयमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.