दसैंको मुखमा उपहार र छुटको बहार

दसैंको मुखमा उपहार र छुटको बहार

काठमाडौः अटो व्यवसायीका लागि दसैं-तिहारको बेला महŒवपूर्ण सिजन हो । वर्षभरिमा बिक्री हुने सवारीसाधनमध्ये करिब ४० प्रतिशत यही सिजनमा बिक्री हुन्छन् ।

व्यावसायिक सिजन सुरु भएसँगै अटो व्यवसायीमा पनि भ्याइनभ्याइ देखिन्छ । व्यवसायीहरू बढीभन्दा बढी ग्राहक तान्ने ध्याउन्नमा लागेका छन् । ग्राहक आकर्षित गर्न व्यवसायी नगद छुट र उपहारको प्रतिस्पर्धामा उत्रिएका छन् ।

खासगरी दसैं–तिहार नेपालीको आम्दानी बढ्ने पर्व हुन् । यो समयमा कर्मचारीले तलबसहित बोनस पाउँछन् । उद्योगी व्यापारीको कारोबार बढेको हुन्छ । विदेशबाट रेमिट्यान्स आप्रवाह पनि यही सिजनमा उच्च हुन्छ ।

आम्दानी बढ्ने भएपछि धेरै नेपालीले आफूलाई आवश्यक वस्तु खरिद गर्न दसैं पर्खिएर बस्ने गरेको पाइन्छ । त्यसमाथि छुट र उपहारका कारण पनि मानिस किनमेलका लागि दसैं–तिहार कुर्ने गर्छन् ।

आम्दानी बढ्ने भएपछि धेरै नेपालीले आफूलाई आवश्यक वस्तु खरिद गर्न दशैं पर्खिएर बस्ने गरेको पाइन्छ । 

अटो व्यवसायीले यस वर्ष पनि ग्राहक लोभ्याउने आकर्षक उपहार र छुट अफर सार्वजनिक गरिसकेका छन् । उपहार र छुट योजना हेर्दा लाग्छ, बढी व्यापार गर्न व्यवसायीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई हुने देखिन्छ । ग्राहक आकर्षित गर्न छुट र उपहारमात्र होइन, सोरुम सजाएर झकिझकाउ बनाएको पाइन्छ ।

यस्तो छ उपहार योजना


कार


टाटा कम्पनीले दसैं-तिहारमा नगद छुटसहित मोटरसाइकल, स्कुटर र युरोप टुरसम्मको अफर ल्याएको छ । टाटा बोल्ट किन्दा ५० हजार रुपैयाँ छुट पाइनेछ । त्यो सँगै ग्राहकले यामाहा एफजेडएफ मोटरसाइकल प्राप्त गर्नेछन् । टाटा जेस्ट किन्ने ग्राहकले पनि यामाहा एफजेडएफ बाइक पाउनेछन् । टियागो किन्दा यामाहा फ्यासिनो प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यस्तै निःशुल्क एसेसरिज र चार वर्षको वारेन्टी पनि प्राप्त हुनेछ ।

भक्सवागन कार किन्दा ६ लाखसम्म छुट प्राप्त हुनेछ । त्यस्तै हात खाली नजाने उपहारमा हरेक ग्राहकले ३२ देखि ६२ इन्चसम्मको पानासोनिक टीभी जित्नेछन् । त्यस्तै बम्पर उपहारमा दुई तोला सुनको ‘बिटल’ कार जित्ने अवसर दिइएको छ ।

हुन्डाई गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था छ । कम्पनीले एक वर्षको सवारी बिमा, सडक दस्तुर बेहोर्ने छ । लक्की ड्रमार्फत सयजनाले एक तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन् भने बम्परमा दुईजनाले इलाइट आई ट्वान्टी र क्रेटा कार हात पार्नेछन् ।

डाटसनले पनि दसैं–तिहारमा एक लाखसम्म छुट दिने भएको छ । त्यस्तै, २५ हजार रुपैयाँबराबरको निःशुल्क एसेसरिज, तीन वर्षसम्म निःशुल्क सर्भिस सुविधा, एक वर्षको सडक दस्तुर र नामसारी खर्च पनि कम्पनीले नै बेहोर्ने भएको छ ।

फोर्डले न्यूनतम १० हजारदेखि आठ लाख रुपैयाँसम्मको छुट दिने भएको छ । स्क्र्याच कार्डमार्फत केटीएम–२०० बाइक, भेस्पा स्कुटर, सामसुङ ४२ इन्च टीभी, क्यानोन डीएसएलआर क्यामेरा, गियर घडी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

महिन्द्रा फोर ह्विलर्सले डेढ लाखसम्म छुट दिने घोषणा गरेको छ । साथै २५ हजार रुपैयाँबराबरको निःशुल्क एसेसरिज पाइने भएको छ । रेनल्टले एक लाख २५ हजार रुपैयाँसम्म नगद छुटको घोषणा गरेको छ । साथै १० हजार रुपैयाँबराबरको निःशुल्क एसेसरिज पनि उपलब्ध गराउनेछ । मारुती सुजुकीले एकदेखि दुई लाखसम्म छुट दिने बताएको छ । ग्राहकले स्क्र्याच कार्डमार्फत १० हजारदेखि एक लाखसम्म थप नगद छुट प्राप्त गर्न सक्नेछन् ।

स्याङयोङ गाडीमा सात लाख रुपैयाँसम्मको छुट व्यवस्था छ । एक वर्षको स्वास्थ्य बिमा, गाडी बिमा, रोड ट्याक्स र दुई वर्षको सर्भिसिङ निःशुल्क हुनेछ । साथै पाँचजनाले लक्की ड्रमार्फत सामसुङ नोट सेभेन प्राप्त गर्नेछन् ।

किया गाडी किन्दा २५ हजारदेखि ६ लाख रुपैयाँसम्म छुट पाइनेछ । निसानले साढे दुई लाखदेखि पाँच लाखसम्म छुट दिने भएको छ । निसानले पनि एक वर्षको बिमा र रोड ट्याक्स पनि बेहोर्नेछ । स्कोडा खरिद गर्दा एक वर्षको निःशुल्क सर्भिसिङ, निःशुल्क एसेसरिज, रोड ट्याक्सलगायतका सुविधा प्राप्त गर्न सकिनेछ ।

होन्डा गाडी खरिद गर्दा एकदेखि तीन लाखसम्म छुट पाइनेछ । कम्पनीले एक वर्षको बिमा, रोड ट्याक्स, नामसारी पनि निःशुल्क गरिदिनेछ । फियाटले तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, निःशुल्क एसेसरिज, एक वर्षको रोड ट्याक्सलगायतको सुविधा दिने बताएको छ ।

बाइक

अप्रिलिया बाइकमा १४ हजारदेखि १८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने भएको छ । उपहार योजनामा प्रत्येक अप्रिलिया बाइकको खरिदमा तीन हजार रुपैयाँ पर्ने हेल्मेट सित्तैमा पाइन्छ ।

बजाज बाइकमा स्क्र्याचमार्फत ६ हजारदेखि एक लाखसम्म छुट प्राप्त हुनेछ । महिन्द्रा बाइक तथा स्कुटर खरिद गर्दा पनि स्क्र्याच कुपनमार्फत आठ हजारदेखि एक लाखसम्म छुट पाइने भएको छ । टीभीएस बाइक तथा स्कुटरमा सात हजारदेखि १० हजारसम्म छुटको व्यवस्था गरिएको छ ।

हिरो बाइकमा ६ हजार र स्कुटरमा आठ हजार छुटको व्यवस्था छ । हिरोले हात खाली नजाने उपहारमा स्क्र्याच कुपनमार्फत सुन र चाँदीका सिक्का दिने भएको छ । १० हप्ता चल्ने यस योजनामा हरेक हप्ता एकजना ग्राहकले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

होन्डा बाइक तथा स्कुटर खरिद गर्दा पनि स्क्र्याचमार्फत चार हजारदेखि एक लाखसम्म छुट पाइनेछ । त्यस्तै २० पटक निःशुल्क सर्भिसिङ, पाँच वर्षसम्म पार्टपुर्जा खरिद गर्दा १० प्रतिशत छुटको व्यवस्था पनि छ ।

यामाहा बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकले आठ हजारसम्म नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै हरेक हप्ता एकजनाले चारदिनको जापान टुरको अवसर प्राप्त गर्नेछ । सुजुकी बाइक तथा स्कुटरमा स्क्र्याच कार्डमार्फत सात हजारदेखि एक लाखसम्म नगद छुटको व्यवस्था गरिएको छ । त्यस्तै एकजनाले लक्की ड्रमार्फत सुजुकी मोटोजिपी बाइक प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.