प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित

काठमाडौं : संविधान दिवसकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनलाई प्रमुख एजेन्डा बनाएर  बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ।

अपरान्ह २ बजे बोलाइएको सर्वदलीय बैठक अन्तिम क्षणमा स्थगित गरिएको हो। मुख्य  दलका नेता तथा प्रतिनिधिहरु विभिन्न कार्यक्रममा व्यस्त रहेकोले स्थगित गर्नुपरेको स्रोतले जनाएको छ।

संविधान कार्यान्वयनको समीक्षाका साथै बाँकी कामहरु कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्नेबारेमा छलफल गर्न बैठक बोलाइएको थियो। 

संविधान जारी भएको एक वर्ष बिते पनि संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने धेरै कानुनहरु अझै बन्न सकेका छैनन् । २०७४ माघ ७ गतेभित्र स्थानीय,प्रादेशिक तथा संसदीय निर्वाचन गरिसक्नुपर्ने संवैधानिक डेडलाइन छ।

आगामी चैतमा गर्ने भनिएको स्थानीय चुनाव र स्थानीय निकायको पुनरसंरचना, प्रधानमन्त्रीको भारत भ्रमण, मधेस मुद्दाको सम्बोधन र संविधान संशोधनलगायतका विषयमा दलहरुबीच अझै ठोस् सहमति हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.