जमिन भाँसिदा १५ घर जोखिममा

जमिन भाँसिदा १५ घर जोखिममा

कुश्माः  जिल्लाको मुडिकुवा गाउँ विकास समितिको वडा न ५ मा जमिन भाँसिदा झण्डै १५ घर जोखिममा परेका छन ।

अविरल बर्षातका कारण जमिन भाँसिदा मुडिकुवा गाउँ विकास समितिको माटेदेबल मन्दिर नजिकका झण्डै १५ घर जोखिममा परेको स्थानीयले बताएका हुन । 

‘मन्दिर नजिक ठूला-ठूला खाल्डा परेका छन’ स्थानीय पुजारी शिव पुरीले भने-‘जमिनमा परेका खाल्डाहरुका कारण मन्दिर सहित नजिकका झण्डै १५ वटा घर जखिममा परेका छन ।’ जमिन भाँसिने क्रम नरोकिने हो भने मन्दिर नजिकका घर विस्थापीत हुन पर्ने अवस्था आउन लागेको स्थानीय देवीप्रसाद बिलासीले बताए । बिलासीका अनुसार जमिन भाँसिदा निकै ठूला खाल्डा परेका छन ।

खाल्डा मुनीबाट पानी बग्दै जाँदा जमिनको अन्य सतह पनि भाँसिन सक्ने अनुमान स्थानीयले गरेका छन । गाविसको ऐतिहासिक मन्दिरको रुपमा रहेको माटेदेबल मन्दिर परिपरमा मात्र दुईवटा ठूला खाल्डा परेका छन । ‘जमिन भाँसिनेक्रम रोकिएको छैन’ पुरीले भने खाल्डो निकै ठूलो भएका कारण त्यसले जमिन मुनी कतिसम्म असर गरेको छ यकिन गर्न कठिन छ ।

जमिन भाँसिदै जाँदा कृषकले लगाई राखेको धान खेत पनि जमिनमुनी गड्न थालेको छ । ऐतिहासिक मन्दिर संरक्षणको स्थानीयको प्रयासमा काम भईरहे पनि जमिन भाँसिन थालेपछि भने मन्दिर संरक्षण अभियान समेत समस्या परेको स्थानीय बिलासीले बताए । ‘गाविसको इतिहाससग जोडिएको मन्दिरको ब्यवस्थापनमा जमिन भाँसिदा समस्या परीरहेको छ’ बिलासी भन्छन-‘यसले मन्दिर वरीपरी रहेका घरहरु पनि जोखिममा परेका छन ।’

जमिनको भित्री सतहमा धेरै पानी भएका कारण जमिन गलेका कारण भाँसिएको हुनसक्ने स्थानीय विष्णुप्रसाद तिवारी बताउँछन । उनका अनुसार बर्षातले जमिनको भित्री तहसम्म असर पुराएको हुनसक्छ । भलको ब्यवस्थापन र जमिनको संरक्षण गर्नसके जमिन भाँसिने क्रम रोकिन सक्ने तिवारीले बताए ।

यसैवीच, पर्वतको भुकदेउरालीमा जमिन फाट्दा त्यहाँका ५ परिवार समेत विस्थापीत भएका छन । भुकदेउराली गाविसको भुकताङलेको जमिन भाँसिदा स्थानीय ५ परिवार त्यहाँबाट विस्थापीत भएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिए ।

विस्थापीतहरु भने सुरक्षित स्थानमा बास बसिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधवार आएको वषासँगैको पहिरोले उनिहरु विस्थापित हुनु परेको स्थानिय महानबहादुर गुरुङ्गले जानकारी दिए । आर्थिक रुपमा कमजोर अवस्था भएका परिवारहरु जीवनमा नसोचेको घटना भएपछि बिचल्लीमा परेका छन् ।

तत्काल अर्को ठाउँमा बस्ती सार्न न जग्गा छ न पैसा निकै समस्यामा परेको गुरुङ्गले बताए । उनिहरुले आफुहरुलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् । सोहि पहिरोका कारण बस्ती नजिकै रहेको करायटोलको खानेपानी योजना पुर्ण रुपमा अबरुद्ध बनेको छ । पहिरोले ट्याङ्की नै बगाएपछि खानेपानी सेवा अवरुद्ध बनेको गुरुङ्गले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.