सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाबारे छानबिन गर्न समिति गठन

सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाबारे छानबिन गर्न समिति गठन

इनरुवा: शनिबार सुनसरीको प्रकाशपुर गाविस–५ राजावासस्थित सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाको विषयमा छानबिन समिति गठन भएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीमा डुङगा दुर्घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईंले जानकारी दिए।

बैठकले सहायक प्रजिअ कमल थापाको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो। समितिको सदस्यहरुमा सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे र राष्ट्रिय अनुसन्धानका अधिकृत मेघराज कँडेल रहेका छन्।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। समितिलाई दुर्घटनाको कारण, बेपत्ताहरुको यकिन सङ्ख्या र बारम्बार हुने दुर्घटनाको कारण, समस्या र समाधानसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ।

श्रीलङ्का टापूबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसी नदीमा दुर्घटना हुँदा १३ जना बेपत्ता भएको जिप्रका, सुनसरीले जनाएको छ। बेपत्तामध्ये १० जनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावन कम भएको प्रहरीले जनाएको छ।

बेपत्ताको सङ्ख्या फरकफरक बाहिरिरहँदा प्रहरीले भने १३ जना मात्रै सम्पर्कविहीन रहेको स्पष्ट पारेको छ। बेपत्ता भएकाको खोजी कार्य आज तेस्रो दिनसमेत जारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.