युवा संघले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

युवा संघले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौंः नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ। संघले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै राजीनामा माग गरेको हो।

सोमबार पत्रकार सम्मेलनमा गरी संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र भारतवीच भएको २५ बुँदे सम्झौताको १० नम्बर बुँदामा नेपालको संविधानको बारेमा भारतको चासो उल्लेख भएकोे बताउँदै नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न नमिल्ने बताउँदै भारत भ्रमण पूर्ण असफल नाङ्गो दलाली र आत्मसमर्पणको पराकाष्ठ भएको बताए।

उनले भने,‘नेपालको राजनीति विषय नेपालमै समाधान गर्नुपर्छ, विदेशमा लगेर रमिता देखाउने काम गरेको।’ पहारीले प्रधानमन्त्रीले भारत भ्रमणमा देश र जनताको हित विपरीत सम्झौता गरेको भन्दै नेपालको आन्तरिक मामलाका विषयहरु अर्को देशसँगको सम्झौतामा उल्लेख गरेको, नेपालको विदेश मामला सम्बन्धी दृष्ट्रिकोणमा जबर्जस्ती भारतलाई हावी गराएको, सुगौली सन्धीलगायतको विषयमा कुनै शब्द उच्चारण नगरेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा मागेका हुन्। उनले चीनसँग भएका ऐतिहासिक सम्झौताहरुलाई वेवास्ता गर्दे सिंगो देश र जनताप्रति गद्धारी गरेको आरोप लगाए।

उनले हुलाकी मार्ग निर्माणको काम भारतलाई दिने सम्झौता भएको भन्दै यो राष्ट्रघाती कदम भएको बताए। पहारीले माओवादी लडाकुको नाममा भएको आर्थिक अनियमितताको बारेमा युवा सङ्घले २०६९ सालमा पुष्पकमल दाहाल प्रचण्ड, डा बाबुराम भट्टराई र कृष्णबहादुर महराको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीको फायल ढिलै भएपनि अगाडि बढेको भन्दै दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.