‘प्रचण्डको भारत भ्रमण अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास’

‘प्रचण्डको भारत भ्रमण अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास’

भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नम्बर क्षेत्रीय कमिटी भक्तपुरले थिमिमा आयोजना गरेको शुभकामना एवम् कार्यकर्ता भेलालार्इ सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मामलामा भारतको पछि लाग्छौँ भन्नु गलत भएको बताए ।

जनताका लागि नभई छिमेकी मुलुकलाई खुसी पार्न संविधान संशोधन गर्ने कार्य कदापि नहुने उनको भनाई थियो । ‘संविधान कार्यान्वयन गर्ने अघिल्लो सरकारको कार्यतालिका कहाँ गयो भन्दै ओलीले प्रश्न गरेका थिए।

संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेकामा खबरदारी गर्दै ओलीले ९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत भएको बताए। ‘छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन,’ उनले भने ।

नेता ओलीले बाहिरबाट आएकाहरुलाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नसक्ने बताए । ‘भारतले अरु देशबाट भित्रिएका बुहारीलाई नमान्ने तर नेपालमा भने उताबाट आएकालाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउने काम हुन सक्दैन’ ओलीले भने ।

अहिले नेपाली काँग्रेस सिद्धान्त र विचारबाट पलायन भएको आरोप लगाउँदै ओलीले बिपी बाबुको नाम भजाउँदै देश बिगार्ने खेलमा लाग्नुभन्दा देश जोगाउन काँग्रेसलाई सल्लाह दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.