धुवाँबाट निस्सासिएर एकको मृत्यु, दुईजना बेहोस
दाङ: दाङमा धुवाँबाट निस्सासिएर एकजनाको मृत्यु भएको छ भने अन्य दुर्इको अवस्था गम्भीर छ।
सल्यान–८ फालावाङ घर भइ हाल दाङको तुलसीपुर–३ गणेशपुरस्थित कोठा भाडा लिएर बस्दै आएका इन्द्रलाल विष्टको धुवाँबाट निस्सासिएर मृत्यु भएको हो। निस्सासिएर सोही ठाउँका धर्मबहादुर योगी र टोपबहादुर विक बेहोस भएका छन्।
उनीहरुले राति लामखुट्टे धपाउन भुसेचुलो बालेको र सो धुवाँले निस्सासिएर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए। उनीहरुले आइतबार साँझ कोठामा भुसेचुलो बालेर ढोका बन्द गरी सुतेको र कोठामा कतैबाट पनि हावा पास नभएका कारण कोठाभरि विषाक्त ग्यास कार्बनडायअक्साड, मोनोअक्साइड भरिएपछि अक्सिजनको अभावमा विष्टको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ।
योगी र विकको पनि अवस्था गम्भीर रहेको र उनीहरुको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।