‘संविधान कार्यान्वयनमा दलहरु नमिले इतिहासले धिक्कार्छ’

‘संविधान कार्यान्वयनमा दलहरु नमिले इतिहासले धिक्कार्छ’

काठमाडौंः नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले संविधान कार्यान्वय नगर्ने शक्तिहरु कार्यान्वयनमा निराश भए इतिहासले धिक्कार्ने बताएका छन्।

विद्यार्थी सरोकार नेपालले सोमबार काठमाडौंमा गरेको संविधान कार्यान्वयनमा चुनौती र युवाको सरोकार विषयक अन्तक्र्रिया कार्यक्रममा नेता पण्डितले संविधान निर्माणमा एमालेको ठूलो भूमिका रहेकाले एमालेले कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे।

उनले भने,‘संविधान निर्माणको क्रममा केही विरोध हुनु स्वभाविक हो तर ती विरोधहरु आफैँ अन्त्य भएर जान्छन्।’ नेता पण्डितले मुलुकको रक्षाका लागि सबैले सकारात्मक भूमिका खेल्नु जरुरी रहेको उल्लेख गरे।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यजीवन परियारले संविधान मानवनिर्मित वस्तु भएकाले विस्तारै सच्याउन सकिने बताए। उनले भने,‘दलहरुको सहमतिमाआवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ।’ उनले ९० प्रतिशत सांसदको हस्ताक्षरमा संविधान निर्माण भएको भन्दै मधेसी राजनीति दलले कालो दिवसका रुपमा संविधानलाई मनाउन नहुने धारणा व्यक्त गरे। नेता परियारले संविधान कार्यान्वयनमा विभिन्न शक्तिहरु लागेको भन्दै यसका विरुद्धमा युवाले खबरदारी गर्नुपर्ने बताए।

कानुनविद् गोविन्द वन्दीले संविधानमाथिको राजनीति बन्द भएमात्र संविधान कार्यान्वयन हुने बताए। उनले भने,‘संविधान कार्यान्वयनका लागि सरकार जिम्मेवार र वफादार हुनुपर्छ, असन्तुष्टिका आवाजहरुलाई सम्बोधन गर्नुपर्छ।’

उनले नेपालको संविधान प्रति विदेशीको चासो केही हदसम्म स्वीकार्य हुने तर हस्तक्षेप कदापी स्वीकार्य नहुने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.