नेपालको प्रतिनिधित्व महतले गर्ने

नेपालको प्रतिनिधित्व महतले गर्ने


काठमाडौः संयुक्त राष्ट्र सङ्घको ७१ औ महासभामा नेपालक तर्फबाट परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्ने भएका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल जाने कार्यक्रम तय भएपनि अन्तिममा आएर उनको भ्रमण स्थगित भएपछि महतले नै नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व गर्ने भएका हुन् । मन्त्री महत आइबार नै अमेरिका प्रस्थान गरिसकेका छन् ।

‘दिगो विकास लक्ष्यः पृथ्वीको रुपान्तरणका लागि विश्वव्यापी दबाब’ भन्ने नाराका साथ मङ्गलबारदेखि महासभा शुरु हुदैँ छ ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महतले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम् द्विपक्षीय भेटवार्ताका कार्यक्रम तय भएका छन् । त्यस्तै डा। महतले ‘दिगो विकासको कार्यसूची २०३०’ का साथै शरणार्थी र आप्रवासीसम्बन्धी बैठकलाई सम्बोधन गर्ने छन् ।

महासभामा भाग लिन पराष्ट्रमन्त्री डा महत आइतबार नै गएका थिए भने अन्य सदस्य आज बेलुकी उड्ने अन्तिम तयारीमा छन् । भ्रमण टोलीमा सांसद मोहनबहादुर बस्नेत, मुख्यसचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र राष्ट्र सङ्घका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरार्इ लगायत छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.