चट्याङ लागेर तीन बालकको मृत्यु, दुई घाइते

चट्याङ लागेर तीन बालकको मृत्यु, दुई घाइते

विराटनगर: मोरङको कोसीहरैंचा नगरपालिका–१ बाघझोडामा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। दुई बालक गम्भीर घाइते भएका छन्।

मृत्यु तथा घाइते हुने सबै बालक १३ वर्ष मुनिका छन्। चट्याङले लागेर कोसीहरैंचा–१ का सीताराम उराउका छोरा १२ वर्षीय सन्देश उराउ, चन्द्र खुलाल बस्नेतका छोरा ७ वर्षीय चिराक खुलाल बस्नेत र राकेश शुब्बाका छोरा ८ वर्षीय राहुल सुब्बाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।

चट्याङ लागेर गम्भीर घाइते बनेका तीनै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उनीहरुलाई चिकित्सकले दिउँसो ३ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चट्याङले लागेर कोसीहरैंचा–१ का १० वर्षीय रोजन भट्टराई र ११ वर्षीय अनन्त भट्टराई घाइते भएका हुन्। दुबै बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

स्थानीय बाँस झ्याङमा खेलिरहेका बेला अकास्मत चट्याङ पर्दा घटना भएको जानकारी थापाले दिए। चट्याङले लागेर पाँच बालक घाइते भएको खवर पाउन साथ स्थानीय बासिन्दाले उद्धार गरेर उपचारका लागि लगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.