संविधान दिवसको बिरोध कार्यक्रममा बालबालिकाको प्रयोग

 संविधान दिवसको बिरोध कार्यक्रममा बालबालिकाको प्रयोग

गौरः रौतहटको गरुडा नगरपालिकामा कालोदिन मनाउने क्रममा साना बालबालिकालाई समेत प्रयोग गरिएको छ।

बिर्ता प्रहरी चौकी, प्रहरी बिद्यालय, प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालय गरुडाकै अगाडिबाट अवोध बालबालिकालाई कालोझण्डा बोकाएर प्रर्दशनमा उतारिएको थियो।

एक व्यक्तिले करिव १०/१२ जना बालकलाई कालो झण्डा बोकाएर गरुडातर्फ प्रर्दशनमा लैजाँदै गर्दा कसैले पनि अवरोध गरेनन्। मधेसको माग पुरा गर, राजा आउ देश बचाउ, ६ सय १ संसदलार्इ जेल हुल्नु पर्छ जस्ता नारा लगाउन बालबालिकालाई उक्साइएको थियो।

गरुडा बजारतर्फ जाँदै गरेका बालकहरुले आफूहरुलाई आन्दोलनमा जान भनेकाले कालोझण्डा बोकेर जान लागेको बताए। संबिधान जारी भएको दिनलार्इ 'कालो दिन' भन्दै मधेसी मोर्चा र संघीय गठबन्धनले रौतहटको गरुडा र गौरमा प्रर्दशन गरेका थिए।

गौरमा मोर्चाका नेता कार्यकर्ताहरुले नारावाजी गर्दै कालोझण्डा बोकेर प्रर्दशनमा उत्रिएका थिए। सोमवार मोर्चाले विभिन्न बिरोधका कार्यक्रम गरेको सद्भावना पाटीका नेता अजय गुप्ताले जनाकारी दिए। थारु कल्याणकारणी सभाले पनि डुमरीया बजारमा बिरोध स्वरुप मोटरसाइकल र्‍याली निकालेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.