प्रधानमन्त्रीसँग रक्षामन्त्रीको असन्तुष्टि- ‘जनमुक्ति सेना’को प्रशंसा, सेनालाई बेवास्ता ?

प्रधानमन्त्रीसँग रक्षामन्त्रीको असन्तुष्टि- ‘जनमुक्ति सेना’को प्रशंसा, सेनालाई बेवास्ता ?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान निर्माणको वातावरण बनाउन ‘जनमुक्ति सेना’ को योगदानको प्रशंसा गरेको तर सेनालगायत सुरक्षा निकायको रचनात्मक भूमिकाको बेवास्ता गरेको भन्दै रक्षामन्त्री बालकृष्ण खाँडले असन्तुष्टि व्यक्त गरेका छन् ।

पहिलो संविधान दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको लिखित सम्बोधनमा संविधानसभा गठन प्रक्रियासम्म आइपुग्न आफ्नो जिउज्यानको प्रवाह नगरी जनचाहना पूरा गर्न राजनीतिक दललाई सहयोग गर्ने सेनालगायत सुरक्षा निकायको योगदानको उललेख नगरिएको भन्दै रक्षामन्त्री खाँडले असन्तुष्टि जनाएका हुन् ।

सभामुख ओनसरी घर्तीमगरको सम्बोधनमा पनि सेनालगायत सुरक्षानिकायको उल्लेखसम्म गरिएन । ‘सेनालगायत, न्यायपालिका, प्रशासन र निर्वाचन आयोगले संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरे,’ मन्त्री खाणले अन्नपूर्णसँग भने, ‘तर संविधान दिवसका अवसरमा प्रधानमन्त्री र सभामुखले सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा मञ्चमा प्रधानसेनापतिलाई बगलमा राख्नुभयो, आफ्नो मन्तव्यका क्रममा सेनाले पुर्याएको योगदानको भने नजरअन्दाज गर्नुभयो ।’

प्रधानमन्त्री दाहालले सोमबार बिहान टुँडिखेलमा भएको संविधान दिवसको भाषण र शनिबार सभामुखले संसद् भवन परिसरमा आयोजित जलपान कार्यक्रमका क्रममा गरेको भाषणमा सुरक्षाकर्मीको भूमिका उल्लेखै नगरी तत्कालीन ‘जनसेना’ को भूमिकाको भने प्रशंसा गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खाणले न्यायिक क्षेत्र, प्रशासनिक निकाय र सेनालगायत सुरक्षा निकायको सहयोग र राजनीतिक दलहरूको संयुक्त प्रयासले मात्रै मुलुकमा दुईपटक संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधानसभामार्फत संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएकाले ती सबै निकायको भूमिकाको उच्च सम्मान गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र सभामुखको संविधान दिवसका अवसरमा आएका भाषणहरूमा तत्कालीन माओवादी जनयुद्धमा लडेका माओवादीका लडाकुको योगदानको उल्लेख गर्ने तर सेना र प्रहरीको भूमिकालाई लुकाउनु न्यायोचित नभएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सबै नेपालीको उत्तिकै योगदान भएको उल्लेख गर्दै मन्त्री खाणले संविधान कार्यान्वयन गर्न, संविधानले जनतामा स्थापित गरिदिएका अधिकार अघि बढाउन तथा नेपालको शान्ति र समृद्धिका लागि दलहरूबीच रहेका आपसी सद्भाव र सहकार्यलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए ।

संविधान जनप्रतिनिधिमार्फत बनाउनुपर्छ भन्ने मान्यताको बीजारोपण गर्नेे जननेता विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण र सम्मान गर्दै २००७ सालदेखि प्रजातन्त्र प्राप्तिका लागि अहिलेसम्म भएका आन्दोलनका सम्पूर्ण सहिद, संघर्षशील योद्धा, विभिन्न आन्दोलनका घाइते र घरपरिवारविहीन भएकाहरूलाई पनि सम्मान गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.